शिशिर घिमिरे स्मृतिमा सुनाइयो छन्द कविता

काठमाडौं । शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बर्दिबासमा ३०औँ राष्ट्रिय छन्द कविता दिवस आयोजना गरेको छ । कार्यक्रममा विभिन्न कविले बहुभाषिक छन्द कविता सुनाए । बर्दिबास छन्द चौतारीका अध्यक्ष प्रेम घिमिरेको अध्यक्षतामा सम्पन्न गोष्ठीमा कुमार कुसुम, गोपाल यादव, मेघराज पौडेल, लालबाबु पोखरेल, सुमित्रा आचार्य, बेल बहादुर परियार, बाबुराम फुयाल, प्रतिमा पौडेल, बिपीराज दाहाल, जीवन आचार्य, घनश्याम पन्त, डा. जो जोनसन, डा. जेनी हेरिङटनलगायतले आफ्ना कविता सुनाए ।

कार्यक्रममा प्रा. डा. सुमन कर्माचार्यलाई १५ हजार ५५५ रुपैयाँ सहित शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान २०८१ प्रदान गरियो । कार्यक्रममा जनवादी लेखक संघ, सितामढी (भारत) का कोषाध्यक्ष महमद कामरुदिन नदाफले विशेष शारीरिक क्षमता भएका जनता मावि गौरीडाँडाकी कक्षा ८ की गरिमा परियार र जनता बहुमुखी क्याम्पस बर्दिवासका चौथो वर्षका विद्यार्थी दिनेश महतोलाई जनही ५ हजार ५५५ रुपैयाँ छात्रवृत्ति प्रदान गरे । साहित्यकार मिना देवकोटाले पनि जनता मावि बर्दिबासकी कक्षा १० की सुस्मिता कटवाललाई २ हजार ५५५रुपैयाँ छात्रवृत्ति प्रदान गरिन् ।

कार्यक्रममा मधेस प्रदेशकी सांसद शारदा थापाले स्रष्टा शिशिर घिमिरेको नेपाली साहित्यमा योगदान’bout चर्चा गरिन् । उनले साहित्यले मानिसलाई अझ सृजनसिल बनाउने बताईन् ।

कार्यक्रममा प्रतिष्ठानका संरक्षक प्रेम घिमिरेसहित स्रष्टाहरू हिरा गौतम, सरिता ढुंगाना, नारायण घिमिरे, विष्णु खड्का, रुद्रसेन विश्वकर्मा, विमला विक, निला घिमिरे, गुञ्ज बहादुर कार्की ‘गोपाल’ लगायतले आफ्नो भनाई राखे ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

epaper

ताजा समाचार

चालिस युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम