क्लोजअपद्वारा विजेतालाई १ लाख रुपैयाँ पुरस्कार प्रदान

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन–६ को उपाधि प्रोसेस पाण्डेले जितेका छन् । उनले चार प्रतिस्पर्धी रोशन राई, प्रमेश राई र अर्पणा आचार्यलाई पछि पार्दै उपाधि जितेका हुन् ।

यस सिजनको शीर्ष प्रायोजक क्लोजअपले विजेता पाण्डेलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान ग-यो । सो पुरस्कार युनिलिभर नेपालका कानून प्रमुख तथा कम्पनी सचिब गोविन्द शाहीद्वारा प्रदान गरिएको थियो ।

क्लोजअपले सधैं संगीत र आत्मविश्वासको आत्माको साथ आफूलाई जोड्दै आएको छ । ताजगी र नजिकिने आत्मबल मार्फत् मानिसहरूलाई जोड्ने ब्रान्डको मान्यतासँग मेल खाने गरी, क्लोजअपको यो साझेदारी केवल ब्रान्ड प्रबद्र्धन मात्र नभई युवा प्रतिभालाई अभिव्यक्तिका लागि प्रोत्साहित गर्ने उत्सव थियो ।

क्लोजअपले सधैं आत्म–अभिव्यक्ति र ताजगीको विश्वासमा अडिग रही मानिसहरूलाई एक–अर्कासँग नजिक ल्याउने प्रयास गर्दै आएको छ । क्लोजअप जस्तो प्लेटफर्मसँगको सहकार्यले हामीलाई नयाँ प्रतिभालाई उजागर गर्न र सम्पूर्ण दर्शकसँग जोडिन सघाएको छ,” क्लोजअपका प्रतिनिधिले बताए ।

सिजन ६ को समापनसँगै क्लोजअपले पुनः आफ्नो प्रतिबद्धता दोहो¥याएको छ । आत्मविश्वास, ताजगी र सँगसँगै रहने क्षणहरूलाई मनाउन तथा भविष्यका कलाकारलाई साथ दिन ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एथलीटमा क्रिकेटर लोकेस बम