२० बुँदे लोमान्थाङ घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय मिडिया समिट

पोखरा । लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट २० बुँदे लोमान्थाङ घोषणपात्र जारी गर्दै सम्पन्न भएको छ ।

नेपाल प्रेस युनियन आयोजनामा गत २६ वैशाखदेखि काठमाडौंबाट सुरु भएको समिट पोखरा हुँदै मुस्ताङको लोमान्थाङ पुगेर मंगलबार २० बुँदे घोषणापत्र जारी गरेको हो ।

विश्वभर प्रेस स्वतन्त्रता कमजोर हुँदै गएको, पत्रकार दिनप्रतिदिन असुरक्षित बन्दै गएको, जलवायु परिवर्तनका कारण परेको असर, लोकतन्त्रको सुदृढीकरण विषयमा स्थानीयस्तरमा पुगेर तिनै तहका सरकारलाई जवाफदेही बनाउन प्रेस युनियनले उक्त कार्यक्रम आयोजना गरेको युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले जानकारी दिए । तर, लोकतन्त्र, प्रेस स्वतन्त्रता, जलवायु संकटसँगै लोमान्थाङ चासोलाई पनि प्राथमिकताका साथ घोषणापत्रमा समेटेको छ ।

लोमान्थाङप्रति चासो देखाउँदै महत्वपूर्ण कोरला नाका खोल्नुपर्ने, दीर्घकालीन रुपमा यहाँबाट मानसरोबर निस्कन संघ सरकारको ध्यानाकर्षण गराएको छ ।

काठमाडौंदेखि सुरु भएको समिट काठमाडौं, पोखरा, कास्कीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला, मुस्ताङको मार्फा, जोमसोममा स्थानीय सरोकारवाला, विज्ञको सुझाव सल्लाह एवं विभिन्न कार्यपत्र प्रस्तुतीकरणका आधारमा घोषणापत्र जारी गरिएको नेपाल प्रेस युनियन गण्डकीका महासचिव प्रकाश ढकालले प्रस्ट पारे ।

‘अब दलहरुको घोषणापत्र होस् वा सरकारका नीति–कार्यक्रम एवं बजेटमा जलवायु परिवर्तनको विषय नसमेटी नहुने विषय हो भनी सरकारको ध्यानाकर्षण गराइएको छ,’ ढकालले भने, ‘यो नेपालको मात्र विषय रहेन, नेपालको हिमाली क्षेत्रमा जलवायुको जोखिम बढ्दै गएको छ । यस सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायको पनि ध्यानाकृष्ट हुनुपर्छ । ठूला देशहरुको कारण नेपालजस्ता साना र हिमाली भेगमा, जसको कुनै गल्ती नै छैन तैपनि क्षति व्यहोरिरहेका छन्, उनीहरुलाई राहत दिनुपर्छ ।’

अभिव्यक्ति तथा विचार स्वतन्त्रता, प्रेस स्वतन्त्रतासँगै विकासका लागि लोकतन्त्र अपरिहार्य छ भन्दै सरोकारवालालाई ध्यानाकर्षण गराइएको छ । राज्यका निकायलाई जिम्मेवार, लोकतान्त्रिक र जवाफदेही बनाउन पनि जोड दिइएको छ ।

मिडियालाई लोकतन्त्र र स्वतन्त्र प्रेसको रक्षा गर्न र जलवायु संकटसँग लड्न सक्षम बनाउन स्थानीय मिडिया प्रणाली र पारिस्थितिक प्रणालीलाई सुदृढ पार्न आह्वान गरिएको छ । धेरै मोर्चाहरूमा बढ्दो असहिष्णुताले अभिव्यक्ति स्वतन्त्रता र प्रेसमाथि खतरा बढाएकोमा चिन्ता व्यक्त गरिएको छ ।

जलवायु संकटको विषयमा राजनीतिक दलहरूले जलवायु संकटलाई सम्बोधन गर्न प्राथमिकता दिनुपर्ने घोषणापत्रमा छ ।

सांस्कृतिक र प्राकृतिक रूपमा अद्वितीय विशेषताहरू रहेको मुस्ताङले जलवायु परिवर्तनको ठूलो सामना गर्नुपरेकोमा युनियनले चिन्ता जाहेर गरेको छ ।

नेपाल र चीनबीचको कोरला नाका प्रवेश बिन्दुको सहज सञ्चालन सुनिश्चित गर्न र कालीगण्डकी करिडोर पूरा गर्न संघीय सरकारलाई आह्वान गरिएको छ । मुक्तिनाथ, दामोदर कुण्ड र मानसरोवरबीच कनेक्टिभिटी स्थापना गरेर यस क्षेत्रमा सांस्कृतिक र धार्मिक पर्यटन प्रवद्र्धन गर्न आग्रह गरिएको छ ।

काठमाडौंबाट सुरु भएको समिटअन्तर्गत आइतबार पोखरा सेसनसमेत भएको थियो । अन्तर्राष्ट्रियस्तरका पत्रकारदेखि नेपालका मिडिया सम्बन्धित संघसंस्थाका प्रतिनिधि, अग्रज पत्रकार, सरोकारवाला निकायको सहभागिता रहेको पोखरा सेसनमा विभिन्न ३ विषयमा बहस भएको थियो ।

‘जलवायु संकट र पत्रकारिता’, ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ र ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा सहभागीले जलवायु परिवर्तनका असरले पारेको प्रभावसँगै मिडियाका चुनौती’bout चिन्ता व्यक्त गरेका थिए ।

सोमबार पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिकामा स्थानीयको जलवायु परिवर्तनका असर’bout प्रत्यक्ष कुरा सुनेर समिटमा सहभागी टोली हिमालपारिको जिल्ला मुस्ताङको मार्फा पुगेको थियो । साथै, टोलीले मार्फा तथा सदरमुकाम जोमसोममा पनि जलवायु परिवर्तनका कारण परेको असर र अप्ठेरा’bout प्रत्यक्षरुपमा स्थानीयको अनुभव सुनेको थियो ।

समिटमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) उपाध्यक्ष सविना इन्दरजित, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु तारानाथ दाहाल, धर्मेन्द्र झा, बंगलादेशका पत्रकार खैरजमान कमल, भुटानका पत्रकार संजय राबटेनसहित अन्तर्राष्ट्रिय पत्रकार महासंघका प्रतिनिधि र देशभरका १४० भन्दा बढी पत्रकार सहभागी रहेको युनियन महासचिव दिलीप पौडेलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर