पोखरा । तनहुँको ऋषिङ गाउँपालिकामा घाँस काट्ने क्रममा लडेर २ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका वडा ३ की ६२ वर्षीया श्रीमाया राना र वडा २ की २६ वर्षीया खिमसरा मगर हुन् ।
सोमबार बिहान ७ बजेको समयमा घाँस काट्न भनी उनीहरु घर नजिकैको वडा ३ स्थित टोर्के सामुदायिक वन गएका थिए । साँझसम्म नफर्केपछि उनीहरुको खोजतलास भएको थियो ।
घरपरिवार र गाउँलेहरु उक्त सामुदायिक वनमा खोज्न जाँदा श्रीमायालाई रुखमा र खिमसरालाई वनमाराको झ्याङमा अड्किई मृत अवस्थामा फेला परेका थिए । यस’bout प्रहरीद्वारा घटनास्थल लासजाँच समेत प्रारम्भिक अनुसन्धानपश्चात् मृतकको आफन्तहरुद्वारा भिरबाट लडेर भवितव्य ज्यान मुद्दा शीर्षकमा जाहेरी दरखास्त प्राप्त भएको प्रहरीले जनायो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले भवितव्य ज्यान मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताए ।






