जंगली च्याउ खाएर संखुवासभामा थप एक जनाको मृत्यु

सांकेतिक तस्वीर

संखुवासभा । सभापोखरी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका मध्ये थप एक जनाको आइतबार मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामि भएकी सभापोखरी–२ गोठगाउँ की २४ वर्षीय अनिता राईको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो ।

गत २० गते शनिबार जंगली च्याउ खाएर तीन परिवारका १० जना बिरामी परेका थिए । बिरामी भएका १० जना मध्ये एक जनाको २६ गते मृत्यु भएको थियो भने अनिताको भने जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपपछि बिराट नर्सिङ होममा उपचारको क्रममा आइतबार बिहान ६ बजे मृत्यु भएको सभापोखरी गाउँपालिका वडा नं २ का वडाअध्यक्ष डिक वहादुर सुवेदीले बताए । एकै गाउँका अन्य आठ जना भने उपचार पछि घर फर्किएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्य दूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान