राजधानकर्मी बस्नेत ‘वातावरण प्रर्वद्धन पत्रकारिता पुरस्कार’ वाट सम्मानित

काठमाडौं । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले राजधानीकर्मी ओपेन्द्र बस्नेतलाई ‘वातावरण प्रर्वद्धन पत्रकारिता पुरस्कार’ बाट सम्मान गरेको छ ।

विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा आयोजित एक विशेष समारोहमा बस्नेतलाई पत्रकारितामार्फत वातावरण संरक्षणमा पु-याएको उल्लेखनीय योगदानको कदर गर्दै पुरस्कृत गरिएको हो ।

सम्मान ग्रहणपछि बोल्दै बस्नेतले वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएको बताउँदै यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र वातावरण संरक्षणका मुद्दाहरूलाई अझ सशक्त रूपमा उठाउने प्रेरणा मिलेको बताए ।

विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहनु भएका पत्रकार बस्नेत हाल नेपाल पत्रकार महासंघ दाङको उपाध्यक्ष समेत छन् । उनको यात्रा केवल समाचार लेखन र प्रसारणमा मात्र सीमित नभइ सामुदायिक वन, खानेपानीलगायत विभिन्न सामाजिक सङ्घसंस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै सामुदायिक विकासमा समेत योगदान पु-याएका छन् ।

पत्रकार बस्नेतलाई नगद ५० हजार सहित प्रमाणपत्रले वन तथा वातावरण राज्यमन्त्री रूपा बिकले सम्मान गरेकी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

epaper

ताजा समाचार

उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता