काठमाडौं । अभिनेता सौगात मल्लले शीर्ष भूमिका निर्वाह गरेको चलचित्र ‘जन्ते बाख्रो’ यही शुक्रवारबाट नेपालका चलचित्र घरमा रिलिज हुँदै छ । विवाहमा जन्ते बाख्रो खाने पुरानो संस्कृतिमा यो चलचित्रको कथा आधारित रहेको अभिनेता सौगातले बताएका छन् ।
आफूलाई जन्ते बाख्रो भन्नसाथ बाल्यकालको याद आउने गरेको यी अभिनेताको कथन छ । नवलपरासीको ग्रामीण क्षेत्रमा जन्मेका सौगातको स्कुले जीवन पनि गाउँमै बित्यो । गाउँमा हुँदा धेरै वटा विवाहमा सहभागी भएर जन्ते बाख्रो खाँदाका थुप्रै रमाइलो अनुभवहरू यी अभिनेताले राजधानीलाई सुनाएका छन् ।
सौगातको भनाइमा जन्ते बाख्रो भन्नासाथ उनी यस्तो भोजमा बाल्यकालमा मासु भात खानकै लागि पुग्ने गर्दथे । आफू सानो छँदा भात भन्दा मासुमा बढी ध्यान दिने गरेको पनि उनले बताए । जन्ते बाख्रो खाने क्रममा उनी लाज नमानी पटक पटक मासु मागेर खान्थे ।
केही ठुलो भएपछि जन्ते बाख्रो खाने क्रममा साथीहरूले उटपट्याङ गरेको पनि उनलाई याद छ । ती दिनहरू सम्झँदै सौगातले राजधानीसँग भने,‘खाना र मासु बाँड्दै आउने क्रममा साथीहरूले मलाई गफमा भुलाउँथे भने त्यही मौकामा बाँड्ने मान्छेले मैले खान नसक्ने गरी भात र मासुको झोल राखिदिन्थे । त्यो देखेर मलाई कति धेरै भात खान लागेको भनेर साथीहरूले जिस्क्याउने गर्थे’, यसरी जिस्क्याउनकै साथीहरूले जन्ते बाख्रोमा धेरै खाना राख्न लगाउने गरेको सौगातले बताए ।
जन्ते बाख्रो खाने क्रमको अर्को एउटा घटना सम्झँदै उनले भने,‘एक पटक साथीहरूले सबै सिन्का निकालेको टपरी मलाई राखिदिएछन् । मेरो अगाडि भान्छेले राखिदिएको खाना उठाउने क्रममा पात हातमा र भात जति मेरो काखमा भयो’, त्यो समयमा साथीहरूले आफूलाई जिस्क्याउँदै खुबै हाँसेको स्मरण उनले सुनाए ।
यसरी जन्ते बाख्रो खाने क्रममा साथीहरूले विभिन्न प्रकारको दुःख दिएपछि केराको पात काटेर त्यसमा पनि उनले एक दुई पटक जन्ते बाख्रो खाएका रहेछन् । यसरी अहिले पनि आफूलाई जन्ते बाख्रो भन्नासाथ बाल्यकालका ती घटनाहरूको सम्झना आउने गरेको अभिनेता सौगातले बताए ।
एसएलसी दिएपछि शारीरिक व्यायामको लागि उनी व्यायाम शाला धाउन थाले । त्यति बेला बिहान जिम गरेका कारण उनलाई बेलुका निकै भोक लाग्यो । त्यो समयमा साथीहरूसँग मिलेर बजारमा नबोलाएको विवाहमा पनि उनी जन्ते बाख्रो खानकै लागि पुग्ने गर्थे,‘त्यति बेला बेलुकाको खाना हामी यस्तो विवाह भोजमै गएर व्यवस्था गथ्र्योँ । यस्तो विवाह भोजमा लाजै नमानी धेरै भन्दा धेरै मासु खाएर हिँड्नु हाम्रो लक्ष्य हुन्थ्यो।’
सौगातको कथनमा उनलाई मासु बढी मन पथ्र्यो । त्यसैले यस्तो भोजमा जाँदा उनी मासु बाहेक अरू सामग्री लिँदैन थिए । कारण’bout उनले भने,‘ मलाई साकाहारी खास्सै मन नपर्ने भए पनि घरमा प्राय भेज खाना खानु पथ्र्यो । त्यसैले जन्ते बाख्रो खान जाँदा तथा अन्य पार्टीमा जाँदा म मासु टन्नै खान्थेँ,’ सौगातको भनाइमा उनी सोही कारण पनि शाकाहारी भोजमा जान मन पाउँदैन थिए । यस्तो भोजमा जानु पर्दा उनी विभिन्न बहाना बनाएर सकेसम्म उपस्थित हुन चाहँदैन थिए ।
अहिलेसम्म अविवाहित नै रहेका सौगातलाई विवाहको ’boutमा आफन्त देखि साथीहरूबाट निकै दबाब आउने गरेको छ । यस अघि प्रेममा धोकासमेत खाई सकेका यी अभिनेता अब कहिले विवाह गर्ने भन्ने’bout बताउन सक्दिन भन्छन् । एक दिन आफ्नो विवाह हुन्छ भन्ने उनलाई विश्वास छ । तर त्यो दिन कहिले आउँछ भन्ने’bout उनलाई नै थाहा छैन ।
यति बेला चलचित्र जन्ते बाख्रोको रिलिजमा रहेका यी अभिनेता पहिलो चलचित्र जन्ते बाख्रो चलचित्र घरमा सफल बनाऔँ, त्यसपछि मेरो जन्ते बाख्रो खानु पर्छ भन्छन् । यो चलचित्रमा आफूले निभाएको भूमिका आफ्नो जीवनसँगै केही हदसम्म मिल्दो रहेको पनि सौगातले राजधानीलाई बताए । तर आफ्नो भूमिका कस्तो छ भन्ने कुरा बुझ्नको लागि चलचित्र घरमा गएर जन्ते बाख्रो हेर्नु पर्ने उनको सुझाव रहेको छ ।






