मदन भण्डारी फाउण्डेशन पर्साले स्वास्थ्य शिविर गर्ने

वीरगन्ज । मदन भण्डारी फाउण्डेशन पर्साले आगामी असार १४ गते वीरगन्जमा स्वास्थ्य शिविर संचालन गर्ने लगायतका विभिन्न निर्णय गरेको छ । बुधबार पर्साको वीरगन्जमा बसेको फाउण्डेशन पर्साको बैठकले स्व.मदन कुमार भण्डारीको जन्मदिनको अवसरमा आगामी असार १४ गते स्वास्थ्य शिविर संचालन गर्ने लगायतका विभिन्न निर्णय गरेको हो ।

स्व.भण्डारीको सुनियोजित दासढुंगा हत्याकाण्डको ३१ वर्ष पछि पर्सामा एमालेको वैचारिक संगठनका रुपमा रहेको मदन भण्डारी फाउण्डेशनको गठन भएको छ । केही महिना अगाडी मात्र गठन भएको यो संगठन अन्य संगठनभन्दा कान्छो संगठनका रुपमा रहेको भए पनि यसका विभिन्न गतिविधि भने अरु संगठनकोभन्दा चलायमान रहेको देखिन्छ ।

फाउण्डेशनका पर्सा अध्यक्ष शत्रुघन नेपालको अध्यक्षतामा बुधबार पनि पर्साको वीरगन्जमा बसेको बैठकले फाउण्डेशनमा आबद्ध हुन इच्छुक विभिन्न ५५ जनाको सदस्यता अनुमोदन समेत गरेको फाउण्डेशन पर्साले जनाएको छ । स्वास्थ्य शिविर एमालेका स्थानीय नेता अनवर अली अंसारीको संयोजकत्वमा संचालन हुने निर्र्णयमा नै उल्लेख भएको फाउण्डेशनका पर्सा अध्यक्ष शुत्रुघन नेपालले बताए । सो शिविर सफल पार्न वीरगन्ज महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष सन्जु छतकुली सहितका स्थानीय फाउण्डेशनका शुभेच्छुक तथा सहयोगीहरुलाई पनि जिम्मेवारी दिइएको उनको भनाइ छ ।

फाउण्डेशनका मधेश प्रदेश सह सचिव एवं वीरगन्ज महानगरपालिकाका अध्यक्ष नवराज शर्मा, प्रदेश सदस्य बासु तिमल्सिना, रन्जु फुयालको विशेष उपस्थितिमा भएको बैठकले आगामी जिल्ला अधिवेशन अगावै पालिकास्तरमा पनि संगठन विस्तार गर्न विभिन्न व्यक्तिलाई जिम्मेवारी तोकेको जनाइएको छ ।

फाउण्डेशनका मधेश प्रदेश सह सचिव शर्माले जिल्ला कमिटिले पार्टीको वैचारिक धारलाई अझ सशक्त पार्ने गरी फाउण्डेशनले आफ्ना कार्यक्रम तिव्ररुपमा अगाडी लिएर आउन पर्ने सो क्रममा सुझाव दिए । अध्यक्ष नेपालको अध्यक्षतामा भएको बैठकमा अहिलेसम्म गरिएका कामको पनि समिक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

एक हातमा दुधे बालक र अर्को हातमा खाली गाग्री बोकेर खानेपानी माग्दै सुकुम्बासी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गरेपछि बालेन शाहले भने- हाम्रो अवस्था एकदमै राम्रो देखियो