काठमाडौं । वायु प्रदूषण घटाउन तत्काल कदम नचाले गम्भीर स्वास्थ्य र आर्थिक संकट हुने विश्व बैंकले चेतावनी दिएको छ ।
विश्व बैंकले सार्वजनिक गरेकोे ‘टुवाडर््स क्लिन इयर इन नेपाल बेनिफिट्स, पोलुसन सोर्स एन्ड सोलुसन’ प्रतिवेदनमार्फत यस्तो चेतावनी दिएको हो । वायु प्रदूषण कम गर्न थप कदम नचालेको खण्डमा हरेक वर्ष २६ हजारभन्दा बढी मानिसको समयअगावै मृत्यु हुने सो प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रदूषणका कारण नेपाली जनताको औसत आयु ३ वर्ष ४ महिना घट्ने पनि अनुमान गरिएको छ ।
प्रदूषणका कारण स्वास्थ्य खर्च बढ्न गई उत्पादनशीलतामा कमी आउने र देशको जीडीपीको ६ प्रतिशतभन्दा बढी वार्षिक हानि हुने ठम्याइ विश्व बैंकको रहेको छ ।
गम्भीर स्वास्थ्य र आर्थिक संकट हुने विश्व बैंकको चेतावनी
सो प्रतिवेदनमा काठमाडौं उपत्यकामा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का मापदण्डभन्दा ७ देखि ८ गुणासम्म प्रदूषण रहेको उल्लेख गरिएको छ । काठमाडौं उपत्यका र तराई क्षेत्रमा प्रदूषणको मात्रा औसतमा ३ वर्षभन्दा बढी समयदेखि बढ्दै गएको भनाइ विश्व बैंकको रहेको छ ।
विश्व बैंकले वायु प्रदूषणको समस्या सन् २०३५ सम्म झनै बढ्ने उल्लेख गरिएको छ, जसले हजारौं मानिसको समयअगावै मृत्यु हुने र ठूलो आर्थिक क्षति निम्त्याउनेछ । जुन हाल वार्षिक कुल गार्हस्थ उत्पादन (जीडीपी)को ६ प्रतिशतभन्दा बढीमा अनुमान गरिएको छ । त्यसैले, स्वच्छ हावा सुनिश्चित गर्नु भविष्यका पुस्ताहरूका लागि स्वास्थ्य र दिगो वातावरणको आधार रहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनअनुसार यस संकटलाई सम्बोधन गर्न नेपालले वायु प्रदूषणको मात्रालाई ३५ सम्म ल्याउने लक्ष्य निर्धारण गरेको छ, जुन भारतलगायत इन्डो–गंगेटिक प्लेन्स र हिमालयन फुटहिल्स क्षेत्रसँग मिल्दोजुल्दो छ । यो लक्ष्य चुनौतीपूर्ण भए पनि मेक्सिको सिटी, बेइजिङ र उलानबाटरजस्ता सहरले देखाएको अनुभवअनुसार सम्भव छ । ती देशले कडाइका साथ नियम कार्यान्वयन, प्रभावकारी अनुगमन, वातावरणीय वित्तीय नीतिहरू, क्लिन प्रविधिमा लगानी र सार्वजनिक–निजी सहकार्यद्वारा वायु गुणस्तरमा सुधार ल्याएका छन् । यसबाट राजनीतिक इच्छाशक्ति, जनसहभागिता र प्रविधिमा इनोभेसनको संयोजनले उल्लेखनीय प्रगति सम्भव रहेको प्रतिवेदनको ठहर छ ।
विश्व बैंकको सो प्रतिवेदनले वायु प्रदूषण नियन्त्रण गर्न तीनवटा प्रभावकारी प्रदूषण न्यूनीकरण उपाय पहिचान गरेको छ, जसमा एउटा हाल सञ्चालनमा रहेका उद्योगहरूमा आधुनिक प्रविधियुक्त औद्योगिक बोयलर वा इलेक्ट्रोस्टाटिक प्रि–इलेक्ट्रोस्टेटिक प्रेसिपिटेटरजस्ता प्रविधिहरू अपनाउनुपर्नेछ। अर्को स्वच्छ घरायसी ऊर्जा प्रयोग हुने इलेक्ट्रिक वा फ्यान असिस्ट प्राप्त सुधारिएको चुलोहरूको प्रयोगमा ल्याउनु जरुरी छ । तर, तेस्रोमा भारी र हलुका सवारीसाधनको नियमित परीक्षण, मर्मत, स्क्रयापेज र यूरो–४ स्तरीकरण कार्यक्रम सञ्चालन गरिनुपर्छ ।
सो लक्ष्य प्राप्त गर्न तीनवटै क्षेत्रमा केही प्रयास आवश्यक रहेको उल्लेख गरिएको छ, जसलाई पाँच आधारभूत पाटोहरूले सहयोग पु¥याउँछ । जसमा मजबुत डेटा प्रणाली, प्रभावकारी गभर्नेन्स, समयअनुकूल र सपोर्टिभ आर्थिक नीति, लक्षित प्रोत्साहन र पर्याप्त पूर्वाधार निर्माण आवश्यक पर्छ ।
यसैगरी, हरित कर (ग्रीन ट्याक्स)को दायरा विस्तार गरी त्यसबाट उठेको राजस्व स्वच्छ प्रविधिमा प्रोत्साहनमा लगानी गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । प्रमुख उद्योगहरूका लागि रियल–टाइम इमिसन मोनिटरिङ सिस्टम (सीईएमएस) स्थापना गर्नुपर्ने, घरायसी स्वच्छ ऊर्जा अपनाउन अनुदान प्रदान गर्नुपर्ने, छिटो चार्ज हुने विद्युतीय सवारी चार्जिङ पूर्वाधार स्थापना गर्नुपर्ने, मौसमी ढंगले हुने फसल जलाउने कार्यमा कडाइका साथ प्रतिबन्ध कार्यान्वयन गर्नुपर्ने लगायतका उपायहरू प्रतिवेदनमा उल्लेख छ ।
विश्व बैंकले काठमाडौं उपत्यका ठूलो कचौराजस्तो आकारको भौगोलिक संरचना भएकाले प्रदूषण बाहिर निस्कन नसकेको र विश्वका प्रदूषित सहरमा सूचीकृत भएको जनाइएको छ ।
विश्व बैंकले तराई क्षेत्र बढी जनघनत्व, उद्योग र सीमापार धुवाँबाट प्रभावित भएको उल्लेख गरेको छ ।
प्रदूषणको कारक तत्वमा डिजेल गाडी, पुराना इन्जिन, सडक धूलो इँटा भट्टा, सिमेन्ट कारखाना, एसएमईमा कोइला प्रयोगलाई मानिएको छ ।
नेपालमा दक्षिण एसियाली वायुमण्डलबाट ३० देखि ७० प्रतिशत सीमा नाघी प्रदूषण नेपाल पुग्ने उल्लेख गरिएको छ । गाडीहरूलाई विद्युतीकरण गर्ने र उत्सर्जन परीक्षण कडा गर्ने सुझाव प्रतिवेदनले दिएको छ । एसएमईमा विद्युतीय–पेलेट बोइलर, इँटा–सिमेन्ट कारखानामा स्वच्छ इन्धन अनिवार्य गर्ने पनि सुझाव दिइएको छ । जैविक चुलाको सट्टा विद्युतीय चुला प्रवर्धन गर्ने पनि उल्लेख गरिएको छ ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले स्वच्छ वायु र आर्थिक वृद्धि परस्पर विरोधी नभएको बताए । विश्व बैंकले वित्तीय र प्राविधिक सहयोग गरेर नेपालको वायु गुणस्तर सुधारमा टेवा पु¥याउने
विश्व बैंकका निर्देशक डेभिड सिस्लेनले बताए ।