काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले अपराजित यात्रा जारी राखेको छ । भर्खरै सम्पन्न खेलमा लुम्बिनीले जनकपुरलाई १६ रनले हराएको हो । लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रनमात्रै बनाउन सक्यो ।
हरमीत सिंहले ३३, आदित्य महताले अविजित ३०, सैफ हसनले २८, तृत राज दासले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ लुम्बिनीका डार्सी शर्टले तीन तथा शेर मल्ल र तिलक भण्डारीले दुई-दुई विकेट लिए । रुवेन ट्रम्पलमनले एक सफलता हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन जोड्यो । रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २७, दीलिप नाथले २५ तथा आसिफ शेखले २१ रन जोडे । रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रन बनाए ।
बलिङतर्फ जनकपुरका राहुल यादव र विशाल शुस्लिङले दुई-दुई तथा हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट लिए ।
चार खेलमा तीन जित र एक रद्द भएको खेल गरी ७ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा यथावत छ । जनकपुर भने ५ खेलमा तीन हार र दुई जितको नतिजासहित ४ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।
सम्बन्धित समाचार
एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने
एनपीएलको नयाँ उडान: नेपाली क्रिकेटले खोजेको व्यावसायिक भविष्य
एनपीएल विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने
श्रीलंकाका परेराले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने
एनपीएलमा आज दुईवटा खेल
ह्यारी केनलाई ब्यालन डी’ओर
एनपिएलः सुदूरपश्चिम रोयल्सको जित
स्थापनाको ३०औँ वर्षमा आर्य फार्माल्याब एनपीएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग तीनवर्षे सहकार्य






