कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–३, जगदीशपुरमा आइतबार राति घरको छानो खस्दा ६० वर्षीय दुर्गा प्रसाद काफ्लेको मृत्यु भएको छ। रातभर परेको अविरल वर्षाका कारण घरको छाप्रो भत्किँदा सुतिरहेकै अवस्थामा काफ्लेको च्यापिएर ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार सूचना प्राप्त भए लगत्तै प्रहरी टोली घटनास्थल पुग्दा काफ्ले मृत अवस्थामा फेला परेका थिए। उनको शवलाई पोस्टमार्टमका लागि बहादुरगञ्ज अस्पताल पठाइएको छ। घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)






