काठमाडौं । जन्मदाता पिताप्रति समर्पित गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बाबाको महत्व, महिमा र सम्बन्धकृत भावना संगीत एवं स्वरका माध्यमबाट उजागर गरिएको हो ।
अग्रज गीतकार दिनेश अधिकारीको शब्द तथा गायक सुरजकुमार थापाले स्वर दिएको गीतमा थापाले नै संगीत सिर्जना गरेका हुन् । गायक थापाकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतको म्युजिक भिडियो निर्देशक सन्तोष बस्नेतले छायांकन गरेका हुन् । जसमा उनकै सम्पादन कुशलता देख्न सकिन्छ ।
काठमाडौं थापागाउँस्थित प्रज्ञा साउन्डमा रेकर्ड गरिएको गीत शम्भुकुमार तण्डुकारले रेकर्डिङ तथा मिक्सिङ गरेका हुन् । संगीत कालीगढ किरण कँडेलको ‘मास्टरिङ’ रहेको गीतलाई गायक थापाले नै संगीत–संयोजन गरेका हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)






