राजविराज रोयल्सलाई महिला लिग क्रिकेटको उपाधि

सप्तरी । ‘मेरो हरेक रन, बालविवाह विरुद्धको रन’ नाराका साथ यहाँ सञ्चालित मेयरकप महिला क्रिकेट लिग प्रतियोगिताको दोश्रो संस्करको उपाधि राजविराज रोयल्सले जितेको छ।

शनिवार स्थानीय पविमाविको खेलमैदानमा भएको फाइनल खेलमा खडक क्वीन्सलाई ५ विकेटले पराजित गर्दे राजविराज रोयल्सले उपाधि जितेको हो ।

टस जितेर व्याटिग रोजेको खडक क्वीनसले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो । जसमा ममता चोधरीले ६२, टिका साहले ३७ तथा अलिसा यादवले १८ रनको योगदान दिए । बलिंग तर्फ राजविराज रोयल्सका लागि अपेक्षा यादवले २ तथा साक्षी यादव र शिवानी साहले १–१ विकेट लिए । एक आपसमा तालमेल बनाउन नसक्दा खडक क्वीन्सका तीन खेलाडी रन आउन भएका थिए ।

१ सय ३० रनको विजयी लक्ष्य लिएर मैदानमा ओर्लेको राजविराज रोयल्स ८ बल बाँकी छदै ५ विकेटको क्षतीमा लक्ष्य प्राप्त गर्न सफल भए । राजविराज रोयल्सका लागि चर्चित राष्ट्रिय खेलाडी अपसरी बेगमले ४२ बलको सामना गर्दै ११ चौका सहित सर्वधिक ६२ रनको योगदान दिए । यस्तै अपेक्षा यादवले ३३ र चाँदनी खातुनले १२ रनको योगदान दिए । बलिंग तर्फ खडक क्वीन्सकी भुमि सिंह २ तथा सुस्मिता यादव र मोनिका साहले समान १–१ विकेट लिए । एक जना खेलाडी भने रन आउट भए ।

फाइनल खेलको ओम्यान अफ द म्याच विजेता टिमकी अपसरी वेगम घोषित भईन् । प्रतियोगिता समाप्ति पछि आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीन, क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठ लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

राजविराज नगरपालिका, सवल नेपाल, सेभ द चिल्डे«न, एमसिसी फाउन्डेशन, बेल्थ हगंर हिलफेको सहयोग तथा मधेश प्रदेश क्रिकेट संघ र सप्तरी क्रिकेट संघको प्राविधिक सहयोगमा संचालित प्रतियोागितामा राष्ट्रिय तथा प्रदेश स्तरका खेलाडी सम्मिलित ३ वटा टिमको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

epaper

ताजा समाचार

प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी, उजुरीकर्तासँग भोलिदेखि छलफल