५ जना कोरोना संक्रमित जनकपुरको प्रादेशिक अस्पतालमा

जनकपुरधाम । जनकपुरधामको प्रादेशिक अस्पतालमा पाँच जना कोरोनाका संक्रमितलाई आइसोलेट गरिएको छ । धनुषाको दुई, महोतरीको दुई र सर्लाहीमा एकजना गरी पाँचजना रहेका छन् ।

महोतरीको दुईमध्ये एकजना भने जनकपुरधाममा पुस्तक व्यवसायी सञ्चालन गर्दै आएका व्यक्ति हुन् । उनीहरुमा कोरोना पोजेटिभ पाइएको छ । यद्यपि उनीहरुमा कुनै समस्या भने नरहेको चिकित्सकहरु बताउँछन् ।

यसअघि प्रदेश २ मा फेला परेका कोरोना संक्रमितहरुलाई बीरगञ्ज स्थित नारायणी अस्पतालमा राख्दै आएको थियो । । नारायणी अस्पतालको आइसियु , प्रसुती , मेडिकल , सर्जिकल , अर्थो गरी सबै वार्डमा बेड व्यवस्थापन गरी ६९ जना संक्रमित राखिएको छ । अहिलेपनि १८ जना संक्रमितलाई राख्न त्यहाँ समस्या भइरहेको छ ,

जनकपुरधाम उप–महानगरपालिकाका ४०, ३५ वर्षीय पुरुष दुई र मिथिला नगरपालिका १० लालगढकी २५ वर्षीया एक महिला गरी धुनषामै बस्ने तीनजना र महोतरीमा समेत एकजनामा कोरोना देखिएपछि दुवै जिल्लामा त्रास बढेको छ । जनकपुरधामको दुई पुरुष मध्ये ४० वर्षीय पुरुष पत्रकार हुन् ।

जनकपुरधाममा गत बुधबार गरिएको स्वाब परीक्षणमा उनीहरुको नेगेटिभ रिर्पोट आएको थियो । तर सोही स्वाबलाई काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँच गर्दा पोजिटिभ रिपोर्ट आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार राति धनुषाका २ जना र महोत्तरीका २ जना संक्रमित भएको जनाएको थियो । तर महोत्तरीका भनिएका एक व्यक्ति लामो समयदेखि जनकपुरधाममै बसोबास गर्दै आएको पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

जनकपुरधाम उप–महानगरपालिका ४ स्थित पुस्तक पसल सञ्चालन गर्दै आएका महोत्तरी जलेश्वर नगरपालिका ३ स्थायी घर भएका अर्का व्यक्ति हुन । उनी लकडाउन खुकुलो हुदैजाँदा एकआध घण्टा पुस्तक पसल खोलेको बताउछन् । यसैगरी मिथिला नगरपालिका १० लालगढकी २५ वर्षीया महिला चैत १ गते भारतबाट नेपाल आएकी थिइन् । श्रीमान् र बच्चासँगै उनी घरमै सेल्फ क्वारेन्टाइनमा रहेकी थिइन् । उनीसँगै आएका श्रीमान र बच्चाको रिपोर्ट भने नेगेटिभ आएको मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले जानकारी दिए ।

तीनै जनालाई प्रादेशिक अस्पताल जनकपुरमा ल्याइ आइसोलेसनमा राखिएको छ । उनीहरु बस्दै आएको टोल सिल गर्न लागिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए । यसअघि धनुषामा कोरोना संक्रमणको बिरामी फेला परेको थिएन् । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा ५ जना संक्रमितलाई राखिएको छ ।

धनुषा र महोतरीमा संक्रमित देखिएका ४ जना र सर्लाहीका एक जना मानसिक सन्तुलन गुमाएका संक्रमित व्यक्तिलाई राखिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । मानसिक सन्तुलन गुमाएका व्यक्तिको स्वाब संकलन गरे लगत्तै उनी भागेको बताउँदै निरौलाले रिेपोर्ट पोजेटिभ आएपछि बिहानै उनलाई घरबाट ल्याएर आइसोलेसनमा राखिएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

epaper

ताजा समाचार

इग्ल्यान्डको आक्रमक सुरुवात, क्रोसिया ४–२ ले पराजीत