‘चट्टै माया लै लै’ तिज गीत सार्वजनिक

तुलसीपुरको –११ मा रहेको चर्चित भाइरल ‘झोलुङ्गे पुल’ । त्यसको मुनिबाट बगिरहेको कञ्चन् सर्यु गंगा अर्थात बबई नदी । छेउँमै रहेको रमनिय र मनमोहक खुल्ला चौर अनि माथिबाट झुल्किएको नीलो आकाशको दृश्यले चट्टै माया लै लै…बोलको तिज गीतको सौन्दर्यमा थप जीवन्तता भरेको छ ।

प्राकृतिक सौन्दर्यको वीचमा निर्माण गरिएको यो गीत, दृश्य र भाव दुबैमा बलियो बनेको देखिन्छ । तुलसीपुरमा शनिबार रिलिज गरिएको ‘चट्टै माया लै लै’ बोलको तिज गीतको भिडियोले कार्यक्रममा सहभागी सबैलाई माथि वर्णन गरिएका दृष्यले लोभ्याइरहेको थियो ।

“सिंगल हो, म नि साथ दिने कोही छैन, चट्टै माया लै लै… शिरैमा सिन्दुर भर्नलाई रहर भो…” यस्ता हरफहरूले तिज गीतको परम्परागत बान्कीमा हल्का विट हालेको देखिन्छ । गाउँको परिवेश र शहरी सोचको मिलनले गीतलाई थप रसिलो बनाएको छ ।

‘चट्टै माया लै लै’ गीतले तिजलाई केवल नाचगानको पर्व हैन, महिलाको भावना र स्वतन्त्र सोचको अभिव्यक्ति गर्ने प्लेटफर्मको रूपमा पनि चित्रण गरेको देखिन्छ ।

परम्पराग शैलीमा आधुनिक स्वाद मिसाएर ल्याइएको यो गीतले आगामी तिजमा दर्शक–स्रोतालाई खुबै आकर्षित गर्ने सम्भावना छ । रोशन वलीको शब्द रहेको गितमा भागिरथ चलाउने र माया केसीको स्वर रहेको छ । जसको निर्देशन झग्गु भण्डारीले गर्नु भएको छ ।

संचारकर्मी एचआर मगर र माया केसीको अभिनय रहेको गीतमा संगितको संयोजन खेमराज गौतमले गर्नुभएको छ । गित रिलिज कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेले नेपाली लोकसङ्गीतमा अर्को आकर्षक प्रस्तुति ‘चट्टै माया लै लै’ थपिएको बताउँदै कला र संस्कृतिको संरक्षणमा यसको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।

कलाकारहरु समाज र देशका सम्पती भएको चर्चा गर्दै कडा मेहनत र परिश्रमबाट सार्वजनिक गरिएको तिज गीतले पर्यटन क्षेत्रको विकासमा समेत सहययोग पु-याउने उपाध्यक्ष बस्नेतले बताउनुभयो ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

epaper

ताजा समाचार

प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी, उजुरीकर्तासँग भोलिदेखि छलफल