कुलिङ अफ पिरियडमा एमालेले म्याउँ गर्‍यो, ओलीमाथि छानबिन हुनुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय निजामती विधेयकमा रहेको कुलिङ पिरियडमा भएको छेडखानीमा अन्तिममा नेकपा एमालेले म्याउँ गरेको आरोप लगाएका छन् । काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले कुलिङ पिरियडमा भएको छेडखानीमा एमाले र यसको नेतृत्व जिम्मेवार रहेको आरोप लगाएका हुन् ।

कुलिङ अफ पिरियडमा भएको छलछामकै पक्षमा एमालेले राष्ट्रियसभामा संशोधन हालेको उनको भनाइ थियो । ‘पहिले दुई वर्षे कुलिङ अफ पिरियडको पक्षमा संशोधन हाल्ने भनेर सबैले भनेका हुन्’, प्रचण्डले भने, ‘अहिले त्यो राख्न हुन्न भनेर बिरालोले अन्तिममा म्याऊ गरिछाड्यो भनेजस्तै एमालेले म्याऊ गरी नै हाल्यो । उसको नै रहेछ यसका विरूद्ध षड्यन्त्र गर्ने नियत ।’

कुलिङ अफ पिरियडमा भएको छलछाम र षय्यन्त्रको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने प्रचण्डले स्पष्ट गरे । प्रचण्डले कुलिङ अफ पिरियडमा प्रधानमन्त्री ओलीमाथि छानबिन हुनुपर्ने तर्क गरे ।

‘शंकाको सुई पहिला पनि प्रधानमन्त्रीतिर सोझिएकै थियो । तर ठोस रूपमा भन्ने आधार थिएन । अहिले एमालेका सांसदहरूले गरेको गतिविधि र संशोधनबाट यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो’, उनले भने, त्यसकारण छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनुपर्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने