विमानस्थलमा भिजिट भिषा कडाइ गरेपछि सीमा नाकामा जाम

काठमाडौँ । नेपाल सरकारले भिजिट भिसामा विदेश जाने नेपाली माथि त्रिभुवन विमानस्थलमा कडाई गरेसँगै मानव तस्करहरुले विभिन्न सिमा नाका हुँदै भारत पुर्याएर नेपाली महिलाहरुलाई खाडी मुलुक पठाउन सक्रिय भएका छन्।

रोकिएन मानव तस्करी : खाडी मुलुक जान लागेका ४० नेपाली महिला भारतबाटै फिर्ता

आकर्षक रोजगारीको प्रलोभनमा परी गैरकानूनी ढंगबाट भारत हुँदै घरेलु कामदारका रुपमा खाडी मुलुकहरूमा जना लागेका ४० नेपाली महिलाको उद्धार गरिएको छ। भारतका लागि नेपाली राजदूत डा शंकर शर्माका अनुसार गैरकानूनी ढंगबाट भारत हुँदै घरेलु कामदारका रुपमा खाडी मुलुकहरूमा लैजान लागिएका ४० जना नेपाली महिलाहरूलाई सामाजिक संस्था ‘किन इंडिया’ को सहयोगमा दूतावासले उद्धार गरी बुधबार नेपाल पठाएको बताए।

उनीहरुलाई विभिन्न मानव तस्करहरुलाई भारतको बाटो हुँदै खाडी मुलुक पठाउन लागेको अवस्थामा ‘किन इंडिया’ हो सहयोगमा उद्धार गरी स्वदेश फर्काईएको राजदूत शर्माले बताए। उनीहरु को मार्फद भारत हुँदै घरेलु कामदारको लागि खाडी मुलुक जान लागेका थिए भन्ने ’bout केहि खुलाईएको छैन। अहिले नेपाल फ्रिता पठाईएको र अनुसन्धान पछि मात्र खुल्ने दिल्लीस्थित दूतावासले जनाएको छ।

सामाजिक संस्था ‘किन इन्डिया’का अध्यक्ष नवीन जोशीका अनुसार खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदार भारतको बाटो हुँदै खाडी पुग्न क्रम पछिल्लो समय बढ्न थालेको छ। खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदारमाथि शारीरिक तथा मानसिक यातना भएको र अलपत्र पर्ने क्रम समेत बढ्दै गएको बताए।

गत महिना मात्र भारतको बाटो हुँदै घरेलु कामदारका रुपमा कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरूलाई भारत सरकारका सम्बन्धित निकायहरूसँगको सहकार्यमा नयाँ दूतावासले उद्धार गरी नेपाल फर्काएको थियो। उनीहरु पनि नक्कली नो अब्जेक्सन लेटर (एनओसी ) लिएर भारत हुँदै कुवेत जान लागेका थिए।

आफू ठगिन एवं कानुनी झन्झटबाट जोगिन विदेश जानु अघि आफूसँग भएका पासपोर्ट, भिसा, एनओसी लगायत सबै कागजातहरू दुरुस्त भएको यकिन गरेर मात्र यात्रा गर्न तथा कसैको लहैलहैमा नलागी नेपाल सरकारको नीति, आफू जान लागेको ठाउँ लगायत सबै कुरा राम्रोसँग बुझेर विश्वासिलो व्यक्ति वा संस्थामार्फत् मात्र प्रक्रिया अगाडि बढाउन दूतावास अनुरोध गरेको छ।

नेपाल सरकारले भिजिट भिसामा कडाई गरेको भनिएता पनि अझै मानव तस्कर रोकिएको छैन। नेपालबाट कुवेतमा घरेलु कामदार पठाउन इजाजत नभए पनि विभिन्न म्यानपावर तथा एजेन्टहरुले कुवेत,भारत, बङ्लादेश, दुबई तथा श्रीलंका लगायत अन्य देशको बाटो प्रयोग गरेर नेपाली महिला कामदारहरु पठाउने गरेका छन्।

यसरी गैरकानुनी बाटो हुदैँ खाडीका विभिन्न देशहरुमा पुग्ने कामदारले श्रम स्वीकृति हुँदैन् र सम्बन्धित नेपाली दूतावासहरुले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शवहरु अलपत्र पर्ने गरेको छ ।

यसरी गैरकानुनी बाटो हुदैँ खाडीका विभिन्न देशहरुमा पुग्ने कामदारले श्रम स्वीकृति हुँदैन् र सम्बन्धित नेपाली दूतावासहरुले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शवहरु अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुदा विदेशमै अन्तिम संस्कारसमेत गर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

epaper

ताजा समाचार

प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी, उजुरीकर्तासँग भोलिदेखि छलफल