काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भेट्न वरिष्ठ नेता वामदेव गौतम पुगेका छन्। अध्यक्ष माधव नेपालसँग नेता खनालको वाक युद्ध चलिरहेको बेलामा नेता गौतमसँग भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
उनीहरुबीच खनाल निवास डल्लुमा भेटघाट भएको हो । भेटमा राजनीतिमा छलफल भएको खनाल सचिवालयले जनाएको छ। नेता गौतम हालै मात्रै नेकपा (एस) प्रवेश गरेका हुन्।
माधव–झलनाथबीच विवाद चर्किएपछि नेकपा एसले स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ। माधव झलनाथबीचको विवाद उत्कर्षमा पुगेर एक अर्कालाई पार्टी छाडेर जान समेत भनिसकेका छन्।
तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)






