इजरायली राष्ट्रपतिसँगको भेटमा विपिन जोशीको आमा र बहिनीसँग के–के भयो कुराकानी ?

काठमाडौँ । हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको रिहाईका लागि नेपालबाट इजरायल पुगेका बिपिनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशीका साथ राजदूत धन प्रसाद पण्डितले इजरायलका राष्ट्रपति आइज्याक हर्जोगसँग भेटघाट गरेका छन् । सो अवसरमा राष्ट्रपति हर्जोग समक्ष प्रत्यक्ष भेट गर्न पाउँदा आमा पदमा र बहिनी पुष्पाले खुसी प्रकट गर्दै आमाले आफ्नो छोरा विपिनको शीघ्र रिहाईको लागि पहल गरिदिन अनुरोध गरिन्।

दाजु विपिन एक विद्यार्थीको रुपमा इजरायल आएको र विपिन एक निर्दोष भएकोले हरतरहबाट पहल गरी हमासको बन्धकबाट मुक्त गरि दिन बहिनी पुष्पाले राष्ट्रपति समक्ष अपिल गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । भेट वार्तामा राजदूत पण्डितबाट समेत पुनः विभिन्न तवरबाट पहल गरी विपिनको स्थितिको वारेमा जानकारी गराएका थिए।

जवाफमा राष्ट्रपतिबाट विपिन जोशी एक विद्यार्थीको रुपमा आएको र ७ अक्टुवर २०२३ मा भएको हमासको अचानक आक्रमणमा परि गाँजामा हमासले बन्धक बनाएको विषय नौलो नरहेको बताए । एक असल मित्रवत सम्बन्ध भएको देशको एक नागरिक विपिन आफ्नै नागरिक जस्तो लाग्ने बताउदै विपिनको रिहाईको लागि म र मेरो सरकारबाट हरदम कोशिस भइरहेको बताए।

इजरायली सरकार पक्षबाट भरमग्दुर प्रयास भई रहेकै अवस्थामा नेपाली सरकार पक्षबाट पनि यस सम्बन्धमा सम्बन्धित अरब देशहरुसंग पुनः वार्ता हुन सके विपिनको रिहाईमा थप बल पुग्ने थियो वा उनको अवस्थाको वारेमा यथार्थ पनि आउन सक्ने कुरा ब्यक्त गरे।

यस्तै उनीहरुले रादूतका पण्डितका साथ बन्धक बिपिनका आमा र बहिनी इजरायलको राजधानी जेरुसेलममा विभिन्न सरकारी उच्च पदस्थ पदाधिकारीहरूसँगको भेटघाट गरेका छन् । उनीहरुले इजरायली संसदका अध्यक्ष अमिर ओहानासँग समेत भेटघाट गरी बिपिनलाई हमासबाट मुक्तिका लागि जोड गरीदिन आग्रह गरेका छन्।

संसदका अध्यक्ष ओहानाले विपिनको ’boutमा हामीलाई निकै चासो रहेको र उनको खोजी कार्यमै रहेको बताउदै नेपाल-इजरायल सम्बन्ध न्यानो र मित्रवत भएको धरातलमा विपिनको रिहाइको मामिलाले सम्बन्धलाई थप कसिलो बनाएको बताए ।

यसमा विपिन लगायत सवै बन्धीहरुको रिहाईको लागि इजरायलबाट जोडदार पहल भइरहेको समेत बताए । कुराकानीमा उनले हालै नेपालका समकक्षीसंगको जेनेभामा भएको भेटमा विपिनको वारेमा कुरा भएको र उनको रिहाइका सम्बन्धमा दुवै सरकार पक्षबाट अनवरत प्रयास भएको स्मरण गराएको दूतावासले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन