काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकको अध्यक्षमा बिनोद श्रेष्ठ चयन भएका छन् । शुक्रबार सुलेमानि स्थित नेपाली रेष्टुरेन्टमा कुर्दिस्तानमा भएको एनआरएनए इराकको ५ औं राष्ट्रिय अधिवेशनबाट श्रेष्ठ पुन: अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।
एनआरएनए आइसिसी सदस्य राजिब कुमार थिङको निर्बाचन संयोजकत्वमा इराकको अधिवेशनबाट २०२५-२०२७ कार्यकालको लागि अध्यक्ष श्रेष्ठसहित १८ जनाको टिम सर्वसम्मत रुपमा निर्वाचित भएका छन। निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा निम दोर्जे शेर्पा,उपाध्यक्षमा तुल बहादुर सेन,महिला उपाध्यक्षमा इन्दिरा बज्राचार्य लामा,महासचिवमा छिरिङ तामाङ,सचिवमा भेष बहादुर गुरुङ र रुद्र मिश्र सर्वसम्मत चयन भएका हुन्।
यसैगरी,कोषाध्यक्षमा अर्जुन तामाङ, युवा संयोजकमा टीका बिश्वकर्मा,महिला संयोजकमा शान्ता थापा,खेलकुद संयोजकमा कुम प्रसाद तामाङ, कलाकार संयोजकमा सरोज सार्की क्षेत्रीय युवा संयोजकमा बिकाश ढकाल चयन भएको निर्वाचन समितिले जनाएको छ।
यस्तै,सदस्यहरुमा क्रमश : चन्चला जोशी, इन्द्र बहादुर श्रेष्ठ,महिमा लकन्दरी, गोदावरी तामाङ, रेश्मा तामाङ, सुजिता तामाङ चयन भएका छन्। कार्यक्रममा केन्द्रिय अध्यक्ष महेश श्रेष्ठ भर्चुअल मार्फत प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए। विगत लामो समय देखि इराक पुगेर समस्यामा परेका हरेक नेपालीको दुखमा एनआरएनएनले सहयोग गर्दै आएको छ।






