बाढी–पहिरो प्रभावित इलाममा राहत वितरण

सुन्दरहरैंचा (मोरङ) । अविरल वर्षापछि इलाम जिल्लामा आएको बाढी र पहिरोले प्रभावित भएका परिवारहरूलाई राहत वितरण गरिएको छ। गत असोज १८ गतेको अविरल वर्षाका कारण इलाममा पहिरोले ३९ जनाको ज्यान गएको थियो। नगरपालिकाको वडा नम्बर ६ को बालन र घोषमा राहत वितरण गरिएको हो ।

गैर–आवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखा र रेड हर्स फुटबल क्लबको सहकार्यमा बिहीबार, असोज २३ गते राहत वितरण गरेको हो। राहत सामग्रीमा १०० थान त्रिपाल, २०० थान ब्ल्यान्केट तथा १०० थान म्याट रहेका छन्। राहत पाएपछि प्रभावित परिवारहरूले केही सहजता महसुस भएको प्रतिक्रिया दिएका छन्।

राहत वितरण कार्यक्रमको समन्वय संघको तर्फबाट कनिष्ठ अधिकृत निरोज महर्जनले गरेका थिए। यसैगरी नेपाल रेडक्रस सोसाइटीको मंगल’bout, सिधिथुम्का, शान्तिडाडा, माइपोखरी एकतप्पा, दानाबारी उपशाखामार्फत थप राहत वितरणका लागि सामगी हस्तान्तरण गरिएको गैरआवसीय नेपाली संघले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बरबीच सहकार्य हुने