कुवेतमा डेलिभरी गर्दागर्दै गोविन्दको खुट्टा भॅाचियो, अनि स्वदेश फर्किए

काठमाडौं । घर परिवारलाई सुखसँग पाल्ने सपना बोकेर कुवेत पुगेका मोरङका गोविन्द मगरको डेलिभरी गर्दागर्दै दुर्घटनामा परेर खुट्टा भॅाचियो। विगत तीन वर्ष देखी कुवेतमा बाईक डेलिभरीको रुपमा कार्यरत मगर डेलिभरी गर्न जाने क्रममा केहि समय अघि सडक दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी दाहिने खुट्टा भॅाचिएको र डक्टरको सल्लाह अनुसार खुट्टामा स्टिल जडान गरेपछि लामो समयसम्म आरम गर्नु पर्ने भएको तर कम्पनीले कुनै किसिमको सेवा सुविधा प्रदान नगर्ने भएपछि आर्थिक समस्य थपिदै गयो। उनले आर्थिक समस्यको कारण स्वदेश फर्कन नसकेको भनेर गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतमा निवेदन दिएका थिए।

त्यसपछि प्राप्त निवेदन अनुसार एनआरएनए कुवेतको तर्फबाट हवाई टिकट उपलब्ध गरायो। एनआरएनए उपाध्यक्ष द्वय सेराज आह्म्द र जीवन निरौला एवम सदस्य हरी केसी लगायतले विमानस्थलसम्म साथमा लगेर आवश्यक कागजात र विमानसम्म पुग्नको लागि व्हील चेयरको व्यवस्था मिलाई स्वदेश पठाउन सफल भएको भएको जनाएको छ। एनआरएनले कुवेतमा कार्यरत नेपालीले भोग्नु परेका समस्या समाधानमा संयोजन तथा सहयोगी भूमिका खेल्दै आएको छ।

यी प्रतिनिधि उदाहरण मात्र हुन् माथिको गीत भने जस्तै हजारौं नेपाली श्रमिक विदेशमा अंगभंग भएका छन् भने दैनिक चार नेपालीको शव रातो बाकसमा फर्किने गरेका छन् । वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को दस महिनामा वैदेशिक रोजगारीमा गएकामध्ये एक हजार २१७ जनाको शव ल्याईएको छ। वैदेशिक रोजगारको सिलसिलामा दु:ख कष्ट र यातना पाएर अकालमै मृत्युवरण गर्न पुगेका तथा अंगभंग भएर दु:ख पीडा र बेदना आम नेपालीको नियति जस्तै बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएलको उपाधी लुम्बिनीलाई