भक्तपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुली गोलन्जोर गाउँपालिका–२ घर भएका २१ वर्षीय सन्तोष भुजेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सन्तोषले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)






