राजविराज । सप्तरी सदरमुकाम राजविराज स्थित करदाता सेवा कार्यालय अन्यत्र जिल्लामा सार्न लागिएको भन्दै सडक संघर्षमा उत्रेका यहाँका उधोगी व्यवसायीले शुक्रवार राजविराज स्थित जिल्लाका प्रमुख बाजार बन्द गराएका छन ।
विहान १० बजे देखी जिल्लाका प्रमुख बाजारमा भेला भएका उधोगी व्यवसायीहरुले ठाउँ ठाउँमा टायर बालेर प्रर्दशन समेत गरेका छन । ७२ हजार भन्दा बढी करदातालाई लक्षित गरी २०७५ सालमा स्थापना भएको करदाता सेवा कार्यालय अन्यत्र जिल्लामा सार्ने जानकारी प्राप्त भएपछि आफुहरु आन्दोलनमा उत्रेको उधोग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालु प्रसाद अग्रवालको भनाई छ ।
“नेपाल सरकारले तोकेको लक्ष्य भन्दा बढी राजश्व संकलन गरिरहेको अवस्थामा यहाँबाट उक्त कार्यालय हटाउनु आश्चर्यको विषय हो, अध्यक्ष अग्रवालले भने–यहाँका उधोगी व्यवसायीलाई मारमा पर्ने गरी गरिएको निर्णय न सच्याइए थप सशक्त आन्दोलनका कार्यक्रमहरु अघि बढाइने छ ।”
मन्त्री परिषदको मिति २०८२ साल कार्तिक १७ गतेको बैठकबाट राजविराज स्थित उक्त कार्यालय सिरहाको लाहान स्थित आन्तरिक राजश्व कार्यालयमा गाभ्ने निर्णय भएको उनको भनाई छ । सरकारको निती अनुसार लक्ष्य भन्दा बढी झण्डै वार्षिक १ सय करोड रुपैया राजश्व संकलन गरिरहेको अवस्थामा पनि उधोगी व्यवसायीलाई अनावश्यक दुःख दिने नियतले कार्यालय सार्न लागिएको उधोगी व्यवसायीको आरोप छ ।
सम्बन्धित समाचार
कार्यालय अन्यत्र सार्ने निर्णयबिरुद्ध व्यवसायी आन्दोलित
काम नगर्ने ठेकेदार धमाधम कारबाहीमा
सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?
गोल्मा राजा बुद्ध बिहार परिसरमा ध्यान योग केन्द्र भवन
व्यावसायिक सुन्तला खेतीमा जुट्दै भोजपुर पालुवाका किसान
नख्खु जेलबाट भागेका कैदी वीरगन्जमा पक्राउ
बाढीपीडितलाई राहत र मुअब्जा दिन प्रधानमन्त्रीसँग आजपाको माग
संवेदनशील अंग देखाउन लगाइ नाबालिकाको चरित्र हत्या गरेको आरोपमा साह पक्राउ






