हथौडा प्रहार गरी बृद्धको हत्या


रौतहट, २८ माघ । रौतहटको दुर्गा भगवती गाउँपालीकामा एकजना बृद्धको हथौडा प्रहार गरी हत्या गरिएको छ । सो गाउपालिकाको वडा नं. ३, मत्सरी पर्साटोलका अन्दाजी ६५ बर्षिय फेकन पण्डितको अज्ञात समुहले हथौडा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । पण्डित कै घरमा राखिएको हथौडाले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतटहले जानकारी दिएको छ ।


सोमबार राति खाना खाएर घर देखी करिब १ किलोमिटरको दुरीमा रहेको गाईगोठमा सुत्न गएका पण्डित मंगलबार बिहान अवेरसम्म घरमा नफर्केपछि परिवारका सदस्यहरुले गोठमा हेर्न जाँदा उनको टाउकोमा हथौडा प्रहार गरेर विभत्स हत्या गरेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रविराज खडकाले बताए । मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ । केही दिन अगाडी पनि रौतहट कै इशनाथ नगरपालिकामा प्रेमिका भेटन गएको एक युवाको पनि हत्या गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो सरकार हाम्रो पदयात्रा नसकिदैँ ढल्न सक्छः ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भ्रष्टाचार आरोपी नवनिर्वाचित अध्यक्षले लिए सपथ