मनाङ्ग । जिल्लाको ङिस्याङ गाउँपालिकास्थित हुम्डे मनाङ्गको स्वास्थ्य चौकीमा मंसिर ३ गते एक दिने स्वास्थ्य शिविर कार्यक्रम संचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय मातहत मुक्तिनाथ फिल्ड अस्पताल र सोही गाउँपालिकाको सहकार्यमा संचालन गरिएको उक्त स्वास्थ्य शिविर कार्यक्रममा अस्पतालका चिकित्सकहरुद्धारा करीब ५६ जना स्थानीय बासिन्दाहरुको स्वास्थ्य जाँच गरिएको थियो ।
साथै अस्पतालका चिकित्सकहरुले पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ्गमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरको Disease Screening Program समेत संचालन गरेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)










