मुम्बई । बलिउड अभिनेता अजय देवगनको ‘दे दे प्यार दे २’ बक्स अफिसमा मध्यम साबित भएको छ । यो चलचित्रले १०० करोड भन्दा माथिको व्यापार गर्ने विश्वास यसका मुख्य अभिनेता अजय देवगनको थियो । तर यो चलचित्रले रिलिज भएको पहिलो हप्ता सातौँ दिनमा ५० करोड रुपैयाँको मात्र व्यापार गरेको छ ।
सन २०१९मा रिलिज भएको अजय देवगनको चलचित्र ‘दे दे प्यार दे’ले बक्स अफिसमा त्यति बेला ७३ करोड रुपैयाँको व्यापार गरेको थियो । कमेडी जनराको चलचित्र भएकाले त्यति बेला यो चलचित्र दर्शकले रुचाएका थिए । त्यसैको सिक्वेलको रूपमा यस पटक ‘दे दे प्यार दे २’ निर्माण गरिएको हो । त्यसैले अघिल्लो चलचित्रको तुलनामा यो सिक्वेलले राम्रो व्यापार गरेको विश्वास अजय देवगनको थियो ।
चलचित्र ‘दे दे प्यार दे २’ले रिलिज भएको आठौँ दिन शुक्रवार रातीसम्म स्वदेशी बक्स अफिसमा ५३.५० करोड रुपैयाँको ग्रस व्यापार गरेको छ । बलिउड चलचित्र बक्स अफिस ट्रयाकर स्याक्निल्क डटकमका अनुसार ‘दे दे प्यार दे २’ पहिलो दिन ८.७५ करोड रुपैयाँको व्यापार गरेको थियो । यो व्यापार त्यति उत्साहजनक थिएन । यो चलचित्रले दोस्रो शुक्रवार, आठौँ दिन स्वदेशी बक्स अफिसमा जम्मा २.२५ करोड रुपैयाँको व्यापार ग¥यो ।
शुक्रवारबाटै भारतमा दुई बलिउड चलचित्र ‘मस्ती ४’ र ‘१२० बहादुर’ पनि रिलिज भए । यसरी शुक्रवार थप दुई नयाँ चलचित्रहरू रिलिज भए पछि अजय देवगनको चलचित्र ‘दे दे प्यार दे २’को व्यापारमा ह्रास आएको छ ।
यस सिक्वेलमा अजय देवगनसँगै रकुल प्रीत सिंह, आर. माधवन, मीजान जाफरी, जावेद जाफरी, गौतमी कपूरलगायतको मुख्य भूमिका रहेको छ ।
यो रोमान्टिक कमेडी चलचित्रले पहिलो हप्ता मध्यम व्यापार गरे पनि दोस्रो हप्ताबाट यसको व्यापार खस्केको छ । तथापि ‘लाइट कमेडी’ चलचित्र भएकाले यसको व्यापार यति हुनुले आफूहरू दुःखी नभएको अजयले बताएका छन् । उनका अनुसार अहिले एक्सन चलचित्रको लहर चलेको बेला फरक स्वादको लागि यो चलचित्र ल्याइएको पनि अजयले बताएका छन् ।
‘मस्ती ४’ र ‘१२० बहादुर’ जस्ता नयाँ चलचित्रहरूले २ देखि ३ करोड रुपैयाँको दायरामा शुक्रबार पहिलो दिन व्यापार गरेका कारण आफ्नो चलचित्र ‘दे दे प्यार दे २’ले शनिवार र आइतबार राम्रो व्यापार गर्ने प्रतिक्रिया अभिनेता अजयले दिएका छन् । दर्शकले यसमा फरक स्वादको अनुभव गर्न पाएको पनि यी अभिनेताको कथन छ ।
सम्बन्धित समाचार
अञ्जनाको एकल गायनमा दर्शक मोहित
युट्युब च्यानलका क्यामेराबाट त्रसित कलाकार
‘मिसेस् नेपाल वल्र्ड –२०२५’ का प्रतियोगीको फरक फरक कला
जापानको तीन सहरमा गुन्जँदै नेपथ्य ब्यान्ड
‘दे दे प्यार दे २’ अग्रिम बुकिङबाट अजय निराश
बुटवलकी रक्षा बनिन मिसेस नेपाल वल्ड २०२५
लघु चलचित्र प्रतियोगिता गर्दै विकास बोर्ड
‘मुगलान’मा समावेश गीत ‘पुन्टु पियारी’ रिलिज






