काठमाडौं । कोरोना भाइरसको संक्रमित आज बिहीबार १७ जना थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुग्यो । आज झापामा १५ जना, धनकुटा र सुनरीमा १-१ जना थपिएका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणअनुसार कचनकवल गाउँपालिका ३, ६, ८ निवासी १८, १८, १९,१९, २२, २३,२३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ वर्षका पुरुष, धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी धरान उपमहानगरपालिका निवासी ५१ वर्षीय महिला छन् । उनीहरुको हाल स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)






