पत्रकारितामा एआईको प्रयोगवारे प्रशिक्षण

राजविराज । सप्तरीको राजविराजमा पत्रकारितामा नयाँ प्रविधीको रुपमा देखिएको एआईको प्रयोग सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ सप्तरीको समन्वयमा बुधबार तालिम सम्पन्न भएको हो ।

सप्तरीका ५० जना भन्दा बढी पत्रकार सहभागी रहेको सो तालिममा प्रशिक्षक जिवन भण्डारीले पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिमको ’boutमा जानकारी दिए ।

उनले अहिलेको युगमा एआईलाई वेवास्ता गरेर पत्रकरिता अगाडी बढ्न नसक्ने भएकाले यसको सही प्रयोग’bout पत्रकारहरु जानकारी हुनु आवश्यक रहेको बताए ।

पत्रकारिताको स्वरुप बदलिदै जाने भएकाले सोही अनुसार आफुमा पनि क्षमताको विकास गर्न तालिममा सहभागी पत्रकारहरुलाई आग्रह गरे ।

अहिले फेक समाचार, भिडियो, फोटोहरु तयार गरी भ्रम फैलाउने कार्य भईरहेकोले एआई सम्बन्धि आचारसंहिता लागु गर्न आवश्यक रहेकोमा उनको जोड थियो ।

अर्का प्रशिक्षक प्रकाश मैनालीले प्रविधीको प्रयोग संगै साईवर अपराधबाट बच्न विभिन्न उपायहरु’bout जानकारी गराउँदै आवश्यक सुझाव समेत संकलन गरेका थियो ।

आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित तालिमको उद्घाटनसत्र सहभागिहरुलाई प्राधिकरणका सदस्य नवीनकुमार गुप्ताले स्वागत गरेका थिए । कार्यक्रममा आमसञ्चार प्राधिकरणका पुर्व अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्षहरु वैद्यनाथ झा, मुरली प्रसाद यादव, व्याशशंकर उपाध्याय, धीरेन्द्र प्रसाद साह, उपाध्यक्ष रामनारायण विश्वास सहितकाले एआई प्रविधिको सदुपयोग र दुरुपयोग ’bout आ–आफ्नो धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

प्रादेशिक अस्पताल मलङवाको समिति मनोनयन गैरकानुनी भन्दै स्थानीय युवाको विरोध प्रदर्शन