माया घरमा १४० जनालाई सिटी एज्ड केयरले गर्यो निःशुल्क स्वास्थ्य परीक्षण

सुन्दरहरैंचा (मोरङ) । सुनसरीको इटहरीमा रहेको सिटी एज्ड केयर तालिम तथा अनुसन्धान केन्द्रले इटहरी–२ स्थित माया घरमा आश्रित १४५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ।

माया घरमा आश्रित १४० जनाको निःशुल्क मधुमेह र रक्तचाप जाँच गरिएको सिटी एज्ड केयर इटहरीका संचालक गोपाल उप्रेतीले जानकारी दिए। संचालक उप्रेतीका अनुसार माया घरमा आश्रित बच्चा देखि वृद्धा रहेकाले फिल्ड परीक्षणका गर्नुका साथै निःशुल्क स्वास्थ्य जाँच गरिएको बताए।

सिटी एज्ड केयरकी प्रशिक्षक भावना निरौलाले माया घरमा स्वास्थ्य परीक्षण गर्दै बाड्न र माया लिन आएको बताईन्। संचालक उप्रेतीले माया घर स्थापना संगै चुनौतीको सामना गर्दै यहाँसम्म ल्याउनु सजिलो कुरा नभएको उल्लेख गर्दै संस्थाकी अध्यक्ष शुभद्रा प्याकुरेल प्रशंसा गरेका थिए। माया घर नेपालकी अध्यक्ष शुभद्रा प्याकुरेलले संस्था यहाँसम्म आइपुग्न सिटी एज्ड केयर जस्ता ठूलो योगदान र सहयोग रहेको बताईन् ।

अध्यक्ष प्याकुरेलले सडकमा अलपत्र अवस्थामा परेका असक्तहरूलाई ल्याएर उनीहरुको खानपान देखि निरन्तर स्वास्थ्य परीक्षण गराईरहेको बताईन्। आश्रितलाई पर्याप्त सुत्ने व्यवस्था नभएकोले सुविधा सम्पन्न भवन निर्माण कार्य जारी रहेको उनले बताइन् ।

संचालक उप्रेतीका बुबाआमाले माया घरलाई ७ हजार रुपैया आर्थिक पनि गरेका छन्। ३ बर्ष काठमाडौँ र विगत १ बर्ष देखि इटहरीलाई कार्यक्षेत्र बनाको सिटी एज्ड केयर अहिलेसम्म २५ सय जना भन्दा बढीलाई आत्मा निर्भर बन्नको विभिन्न तालिमहरु दिईसकेको जनाएको छ। कार्यक्रममा स्वतन्त्र नागरिक समाज मोरङका सल्लाहकार रमेश घिमिरेको पनि उपस्थिति रहेको थियो।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

epaper

ताजा समाचार

स्वतन्त्रसहित उदयपुरमा ३१ जनाको उम्मेदवारी दर्ता