दूध उत्पादन गर्ने कृषकलाई सहकारीको सम्मान

धनकुटा । धनकुटाको चञ्चला देवी बहुउद्देश्यीय दुग्ध उत्पादन सहकारीले कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ। धनकुटा नगरपालिका वडा नं. १ हिलेमा रहेको सहकारीको ३१ औ वार्षिक साधारण सभाको अवसर पारेर एक वर्षमा संस्थाका सदस्य मध्येबाट सबै भन्दा बढी दूध उत्पादन गर्ने, राम्रो दूध उत्पादन गर्ने तथा ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको हो।

वर्षभरिमा सबैभन्दा बढी दूध उत्पादन गर्ने इन्द्र बुढाथोकी, चन्द्र बहादुर कार्की र प्रदीप तामाङलाई सम्मान तथा पुरस्कृत गरिएको हो । आर्थिक वर्ष २०८१–८२ मा बुढाथोकीले ९ हजार ९ सय २६, कार्कीले ९ हजार ६० र तामाङले ८ हजार ८ सय ३१ लिटर दूध उत्पादन गरेका थिए ।

त्यस्तै कर्णकुमारी पौडेल, खड्ग दर्लामी र सानु घिसिङलाई गुणस्तरीय दूध उत्पादन गरेबापत सम्मान र पुरीकृत गरीएकोे संस्थाका व्यवस्थापक भीम मल्लले जानकारी दिए। नरमाया थापालाई ज्येष्ठ शेयर सदस्यको रूपमा सम्मान गरिएको छ।

कृषकमा उत्साह ल्याउन सम्मान तथा पुरस्कृत गरिएको संस्थाका अध्यक्ष नगेन्द्र पाण्डेले जानकारी दिए। आर्थिक वर्ष २०८१–८२ मा संस्थाले कुल ३ करोड ३६ लाख ३३ हजार ७० रुपैयाँ बरावरको दूध बिक्री गरेको जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

आगजनीपछि बन्द भएको भाटभटेनी एक वर्षपछि खुल्यो