व्यवसायी सन्दीप जलान नक्कली सेयर कारोबारी भएको पुष्टि

काठमाडौं । नासा सेक्युरिटिज कम्पनी (ब्रोकर नम्बर ५८)का मुख्य प्रवद्र्धक तथा सागर डिस्टिलरीका मुख्य सञ्चालक सन्दीप जलान नक्कली सेयर कारोबारी भएको पुष्टि भएको छ ।

नक्कली सेयर कारोबार अभियोगमा जलानलाई सर्वोच्च अदालतले ५० हजार रुपैयाँ जरिमाना हुने फैसला गरेको छ ।
नेशनल हाइड्रोपावर कम्पनीको १५ हजार कित्ता शेयर नक्कली रूपमा कारोबार गरेको अभियोगमा सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र कुमार चुँडालको संयुक्त इजलासले जलानलाई ५० हजार रुपैयाँ जरिमाना तिराउने फैसला गरेको हो ।

२६ असार २०८१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वयले उच्च अदालतले नक्कली शेयर कारोबारी अभियोगबाट उन्मुक्ति दिने गरी गरेको फैसलालाई उल्टाउँदै नेपाल धितोपत्र बोर्डको निर्णय सदर गरिदिएको छ ।

श्रीहरि सेक्युरिटिज प्राइभेट लिमिटेडको कार्यकारी प्रमुखका हैसियतमा जलानले शेयरधनी नै नभएको व्यक्तिको शेयर खण्डीकरण तथा दस्तखत प्रमाणीकरण गरी १५ हजार कित्ता शेयरको नक्कली कारोबार गरेको अदालतको ठहर छ ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

epaper

ताजा समाचार

आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्य दूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान