ला लिगा जुन दोस्रो सातादेखि गर्ने तयारी

मड्रिड । स्पेनिस सरकारको अनुमति पाएको अवस्थामा स्पेनिस ला लिगा आयोजकले १२ जुनदेखि कोरोना महामारीका कारण स्थगित भएको स्पेनिस ला लिगा सुरु गर्ने तयारी गरेको छ । सेभियाका खेल निर्देशक मोन्चीका अनुसार ला लिगा सुरु हुने मिति र उद्घाटन खेलको सूचना बाहिर आएको हो ।

ला लिगा आयोजकले यस’bout आधिकारिक धारणा सार्वजनिक नगरे पनि २८ मेमा बस्ने बैठकले निर्णय गर्नेछ । बैठकले सिजनको बाँकी रहेको खेलको तालिका तथा अर्का सिजनको खेलको मिति घोषणा गर्न सक्नेछ । ‘डर्बीसहित ला लिगा फर्कनु भनेको योभन्दा अरू राम्रो तरिका हुन सक्दैन,’ सेभिल्लाका खेल निर्देशक मोन्चीले भने, ‘यो एक प्रोत्साहन हुनेछ । किनकि हामी सबै फुटबल फर्कने आशा गरिरहेका छांै । र, यो पहिलो खेल सानदार हुनेछ ।’ ला लिगका अध्यक्ष जाभियर टेबासले सिजनका बाँकी सबै खेल सम्पन्न गरिने बताएका छन् ।

स्पेनिस क्लबहरूले गएको सोमबारदेखि कम्तीमा १० जनाको समूह बनाएर नन कन्ट्याक्ट प्रशिक्षण सुरु गरिसकेको छ । ला लिगाका अध्यक्ष जेभियर टेवासले ला लिगाका बाँकी रहेका खेलहरू सकाउने र हरेक दिन खेल गराउने योजना अघि सारेको थियो । खेल फर्कने समय स्वास्थ्य र सुरक्षाको चिन्ता प्रमुख बनेको छ । ला लिगा अध्यक्ष टेबासले खेलाडीलाई सबैभन्दा कम जोखिममा राखिने बताएका छन् ।

ला लिगामा अझै ११ चरणको खेल बाँकी रहेको छ । ११ चरण खेल बाँकी रहँदा बार्सिलोना ५८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ५६ अंक जोडेर रियल म्याड्रिडले बार्सिलोनालाई पछ्याइरहेको छ । ला लिगा पुनः सुचारु गर्नका लागि ला लिगाले स्पेनको शीर्ष दुई डिभिजनको खेलाडीको कोरोना भाइरस परीक्षण गरेको थियो । जसमा पाँच खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । जर्मन बुन्डेस लिगा गत सातादेखि बन्द रंगशालामा सुरु भइसकेको छ । स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र इटालियन सिरी ‘ए’ले जर्मन बुन्डेस लिगालाई पछ्याउँदै फुटबल सुचारु गर्ने योजना बनाइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 478 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु