तीनपोखरी कप आमन्त्रित फुटबल: उपाधिका लागि मकालु र सेकाहा भिड्दै

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा जारी तेस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा सेकाहा सामुदायिक विकास क्लब फाइनलमा प्रवेश गरेको छ।

खाँदबारी रंगशालामा आज सम्पन्न सेमिफाइनल खेलमा सेकाहाले सित्तलपाटी फुटबल क्लबलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो ।

अब माघ १ गते खाँदबारी रंगशालामा हुने फाइनल खेलमा सेकाहा सामुदायिक विकास क्लब र मकालु फ्रेन्ड्स क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

माघे संक्रान्ति मेलाको अवसरमा “खेलकुद, संस्कृति र पर्यटन—समृद्ध समाज हाम्रो अभियान” भन्ने नारासहित सुरु भएको तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिता माघ १ गते समापन हुनेछ।

तीनपोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईका अनुसार प्रतियोगितामा सशस्त्र प्रहरी कोशी प्रदेश पकली, बेलका युथ क्लब उदयपुर, चुलाचुली स्पोर्टिङ क्लब दमकसहित कोशी प्रदेशका ८ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले नगद २ लाख ५१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख २१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीको ४० हजार रुपैयाँ बराबरको बीमा गरिएको पनि आयोजकले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ वर्षमा आएका दुई चलचित्रकै व्यापार कमजोर