उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आयोजित पहिलो दिनको आँखा शिविरमा १ सय ५२ सय जनाको आँखा अप्रेशन गरेको छ । तिलगंगा आँखा अस्पताल काठमाण्डौको प्राबिधिक सहयोगमा चौदण्डीगढी नगरपालिकाले आयोजना गरेको निःशुल्क आँखा अप्रेशन शिविरमा एकै दिन १५२ जना मोतियाबिन्दुको अप्रेशन गरेको छ । मोतियाबिन्दुको अप्रेसन नेत्र विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वको चिकित्सकको टोलीले सोमवार देखि उदयपुरको चौदण्डीगढी नगरापलिका– ६ सातधारेमा रहेको कोभिड अस्पतालमा भई रहेको नगर प्रमुख कालुमान लामाले जानकारी दिए ।
नगर प्रमुख लामाका अनुसार नगरपालिकाले गत १८ पुसदेखि २७ पुस सम्म गाँउगाँउमा सञ्चालन गरिएको निःशुल्क शिविरमा भेटिएका मोतियाबिन्दुका बिरामीहरुलाई डा. रुईतको नेतृत्वमा नगरपालिकाले निःशुल्क रुपमा अप्रेशनको ब्यवस्था मिलाईएको बताए । चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १ देखि १० सम्म त्रियुगा नगरपालिकाको वडा नम्बर २ र १२ र बेलका नगरपालिकाका केही वडामा पहिचान भएको मोतियाबिन्दुलाई लक्षित गरि अप्रेशनको शिविर सञ्चालन गरिएको नगर प्रमुख लामाको भनाई रहेको छ । १० दिन सम्म सञ्चालित शिविरमा भेटिएका मोतियाबिन्दु्का बिरामीहरुलाई बेल्टारको कोभिड अस्पतालमा २८, २९ र ३० गते सम्म अप्रेशन गर्ने ब्यवस्था मिलाएको नगर प्रमुख लामाले जानकारी दिए ।

गाउँगाउँमा सञ्चालित निःशुल्क आँखा शिविरमा ४ हजार जनाले सेवा लिएकोमा ५ सय ३७ जनामा मोतियाबिन्दु भेटिएको नगर प्रमुख लामाको भनाई रहेको छ । नगरपालिकाले प्रत्येक वर्ष निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको जनाएको छ । नगरपालिकाले पालिकामा अन्धोेपन नियन्त्रण गर्न तथा आँखा सम्बन्धि गुणस्तरीय सेवा प्रदान गर्न तिलगंगा आँखा अस्पताल काठमाण्डौसँग सहकार्य गरि जनतालाई गुणस्तरीय आँखाको सेवा उपलब्ध गराउन लागेको नगर प्रमुख लामाको भनाई रहेको छ ।
नेत्र विशेषज्ञ डा. सन्दुक रुइत अन्तराष्ट्रिय रुपमा नै प्रख्यात चिकित्सक भएकाले हामीले उहाँ कै नेतृत्वमा अप्रेशन शिविर चलाएका होऔं नगर प्रमुख लामाले भने । सो निःशुल्क घुम्ती शिविरमा चौदण्डीगढी, त्रियुगा र बेलका नगरका विभिन्न वडामा सञ्चालन हुँदा पहिचान भएका मोतियाविन्दुका रोगीलाई पुस २८ देखि ३० गतेसम्म बेल्टारको कोभिड अस्पतालमा शिविर राखेर शल्यक्रिया गर्दै आएको नगर प्रमुख लामाले जानकारी दिए ।
चौदण्डीगढी नगरपालिकाले संचालन गरेको शिविरमा भेटिएको मोतिबिन्दुका बिरामीको सफल उपचार गरेसंगै स्थानियबासीमा खुशी छाएको छ । ३ वर्ष देखि आँखा नदेख्ने बिरामीको डा. रुइतको टोलीले अप्रेशन गरि देख्न सक्ने बताउको छ । चौदण्डीगढी नगरपालिकाको लगानीमा निःशुल्क आँखा शिविर राखेको नगर प्रमुख लामाले बताए ।






