मैत्रीपुर्ण महिला त्रिकेटको उपाधि काठमाडौंको पोल्टामा

सप्तरी । यहाँ आयोजना गरिएको मैत्रीपुर्ण महिला क्रिकेट सिरिजको उपाधी काठमाडौंले जितेको छ । सप्तरी क्रिकेट संघको आयोजनामा तथा सबल नेपालको समन्वयमा आयोजित मैत्रीपूर्ण महिला क्रिकेट सिरिजको उपाधि काठमाडौंले जितेको हो ।

मंगलबार राजविराजस्थित पविमाविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सप्तरी महिला क्रिकेट टिमले ३० ओभरमा ८ विकेट गुमाउँदै १०३ रनको योगफल खडा गरेको थियो ।

सप्तरीका लागि साक्षी देवले सर्वाधिक १७, आयुष्का थापाले १५ र जेनिषा मगरले ११ रनको योगदान दिइन् । जवाफमा काठमाण्डौले उत्कृष्ट प्रदर्शन गर्दै १८ ओभरमै कुनै पनि विकेट नगुमाई लक्ष्य पूरा ग¥यो ।

काठमाडौंको जितमा सविका यादव र प्रथा श्रेष्ठले अविजित ८२ रनको साझेदारी गर्दै टिमलाई विजयी तर्फ उन्नमुख गराएका थिए । सविका यादवले अर्धशतकीय पारी खेल्दै ६५ रन बनाइन् भने प्रथा श्रेष्ठले १७ रन (अविजित) बनाइन् ।

बलिङतर्फ काठमाडौंकी अनुषा रोकाले ४ विकेट लिइन् । यसैगरी यसु पाण्डे, आयुष्मा रावल, सरिष्मा खनाल र एली यादवले समान १–१ विकेट हात पारिन ।

मैत्रीपूर्ण सिरिजको प्लेयर अफ द सिरिज काठमाण्डौकी अनुषा रोका घोषित भइन् । बेस्ट बलर सप्तरीकी सुस्मिता यादव र बेस्ट ब्याटर काठमाण्डौकी सविका यादव घोषित भईन् ।

प्रतियोगिया समाप्तिपछि अयोजित पुरस्कार वितरण समारोहमा सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिंह, सचिव चन्दनकुमार यादव, सदस्यहरू बिरेन्द्र यादव, संजय कार्की, गजेन्द्र माझी तथा समाजसेवी अभिलासा सिंह लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ वर्षमा आएका दुई चलचित्रकै व्यापार कमजोर