मुम्बई । बलिउड अभिनेत्री कृति सेननले नायिकाहरूको लागि सबैभन्दा ठुलो सम्पत्ति नै उसको सुन्दरता, शारीरिक तौल सन्तुलन र अभिनय हो भनेकी छिन् । तर आफूले यति बेला एउटा सम्पत्ति अर्थात् तौललाई सन्तुलन गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरेकी छिन् ।
सामाजिक सञ्जालको सन्देशमार्फत उनले रोक्नको लागि धेरै प्रयास गर्दा पनि आफ्नो तौल यति बेला बढेको खुलासा गरेकी छिन् । जसका कारण कृति सेननले चलचित्रबाट ब्रेक लिनु परेको छ । उदयपुरमा आफ्नी बहिनी नुपुर सेननको विवाह पुगेकी उनी मोटी देखिएकी छिन् । विवाहको खुसीमा कार्यक्रममा नाच्दै र गाउँदै उनी रमाएको भिडियो अहिले भाइरल भएको छ । बहिनीको विवाह सकेर उनी मुम्बई फर्किँदा भिडियो भाइरल भइसकेको छ ।
यसरी भिडियो भाइरल भएपछि कृति सेननले इन्स्टाग्राममा एउटा पोस्ट साझा गर्दै आफू मोटाएकोमा चिन्ता व्यक्त गरेकी हुन् । जसमा उनले आफ्नो तौलको ’boutमा चर्चा गरेकी छिन् । कृति सेननले जिममा व्यायाम गरिरहेको तस्बिर समेत इन्स्टाग्राम पोस्टमा साझा गरेकी छिन् । उनले त्यो पुरानो तस्बिरको क्याप्सनमा यस्तो लेखेकी छिन्, ‘म बढिरहेको तौल मुनि लुकेका एब्सहरू अब बाहिर ल्याउन चाहन्छु ।’
यस पंक्तिको साथ उनले बहिनीको विवाहमा धेरै मिठाई खाएपछि आफ्नो तौल बढ्नमा अझ धेरै मद्दत पुगेको पनि जिकिर गरेकी छिन् । आफ्नो शारीरिक आकर्षक जोगाउन अब व्यायामसँगै खानाको तालिकालाई पनि अनुशासित रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै अहिले आफू मोटाएकाले त्यसलाई अनावश्यक टिप्पणी नगर्न पनि उनले शुभ चिन्तकहरूसँग अनुरोध गरेकी छिन् ।
त्यसो त कृति सेनन आफ्नो फिटनेसको ’boutमा धेरै सचेत छिन् । यि अभिनेत्रीले प्रायः इन्स्टाग्राममा फ्यानहरूसँग आफ्नो जिम कसरतका भिडियोहरू विगतमा साझा गर्दै आएकी थिइन् । तर अहिले तौल ह्वात्तै बढेपछि उनी चिन्तित भएकी हुन् ।
अभिनेत्री कृति सेननले केही महिना अघि रिलिज भएको दक्षिण भारतीय अभिनेता धनुषसँगको चलचित्र ‘तेरे इश्क मेँ’ मा प्रभावशाली भूमिका निर्वाह गरेकी थिइन् । त्यसपछि उनी अर्को चलचित्र ‘ककटेल २’को कारण चर्चामा छिन् । यसमा रश्मिका मन्डाना र शाहिद कपूर पनि महत्त्वपूर्ण भूमिकामा छन् ।






