सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका –२ नुनढाकीमा बोलेरो दुर्घटना जिप दुर्घटना हुदाँ एक जनाको घटनास्थलमै ज्यान ज्यान गएको छ । चैनपुर–२ नुनढाकी स्थित चैनपुर नुनढाकी खण्डको भित्र सडकमा बोलेरो दुर्घटना जिप दुर्घटना हुदाँ चैनपुर –१ का विर बहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी कुमार प्रसाद मैनालीले बताए । दुर्घटनामा परेका अन्य एक जनाको भने अझै पहिचान खुल्न नसकेको डिएसपी मैनालीले बताए ।
आइतबार साँझ साढे ५ बजे चैनपुरबाट बिही’bout तर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको बोलेरो जिप चैनपुर –१ स्थित नुनढाकी नजिकै दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । बोलेरो जिप दुर्घटनामा परेर चैनपुर –१ सिङरीङ बस्ने ३४ बर्षीय निमदोर्जी शेर्पा, ९ बर्षीय बालक पेम्बा शेर्पा, चैनपुर मैदानेका ४५ बर्षीय भिम बहादुर थुलुङ र पाँचथरको फिदिम नगरपालिका –४ का २८ बर्षीय दिपेश माझी रहेको डिएसपी मैनालीले बताए ।
घाइते चैनपुर –१ सिङरीङ ३४ बर्षीय निमदोर्जी र मैदानेका भिम बहादुर बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भिम बहादुरलाई थप उपाचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । घाइते अन्य तीन जनाको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुँदैछ ।
घटना लगत्तै सशस्त्र प्रहरी नं ४ गुल्म चैनपुरका डिएसपी बाबुराम पौडेल, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईसहितको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाको ’boutमा थप अनुुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






