काठमाडौं । साताको कारोबारको चौथो दिन बिहीबार नेप्से परिसूचक घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.९५ अंक घटेर २६५२.५८ विन्दुमा झरेको छ।
सेन्सेटिभ इण्डेक्स १.५७ अंक, फ्लोट इण्डेक्स ०.९६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक घटेको छ। आज १३ मध्ये एक उपसमूहको परिसूचक मात्र बढेको छ । लघुवित्त उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।
नेप्सेसँगै आज सेयर कारोबार रकम पनि घटेको छ। बुधबार सात अर्ब ४३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज चार अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँबराबरको एक करोड २३ लाख ७३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज आँखु खोला जलविद्युत कम्पनीको १८ करोड १९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको साढे १४ करोड र घलेम्दी हाइड्रोको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ। आज १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक ५.०९ प्रतिशत घटेको छ।
सम्बन्धित समाचार
दसैं बिदापछिको पहिलो कारोबार दिन झन्डै साढे ४ अंकले घट्यो नेप्से
विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट
३३ अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गभर्नरको तजबिजीमा आइएमएफ सल्लाहकारमा गैरकानुनी नियुक्ति
बिस्कोको सकृयता तीन दशक नजिक
हिमशिखर सहकारीको १८औँ साधारणसभा सम्पन्न, सम्पत्ति एक अर्बभन्दा बढी पुग्ने अनुमान
उपभोक्ता झुक्याई बिक्री वितरण गर्ने दुई फर्म दण्डित





