घरेलु टोलीको विजयी सुरुवात

राजविराज । पाहुना टोली सिरहालाई उदघाटन खेलमा पराजीत गर्दै बुधवार देखी यहाँ सूरु भएको प्रधानमन्त्री कप मधेश प्रदेशस्तरीय खेलाडी छनौट प्रतियोगितामा घरेलु टोली सप्तरीले विजयी सूरुवात गरेको छ ।

सप्तरी सदरमुकाम राजविराजस्थित पविमाविको खेलमैदानमा सूरु भएको प्रतियोगिताको उदघाटन खेलमा सिरहालाई ४ विकेटले पराजीत गर्दै सप्तरीले विजयी सूरुवात गरेको हो ।

टस जितेर ब्याटिङ्ग रोजेको सिराहले निर्धारित ५० ओभरको खेलमा ३० दशमलव १ ओभर मै सम्पुर्ण विकेट गुमाई १ सय २५ रन जोडेको थियो । जवाफी ब्याटिङ्गमा उत्रेको सप्तरीले अभिषेक कार्कीको बिस्फोटक अर्धसतकिय पारी ५३ रन (अविजीत)को मदतले २८ दशमलव ४ ओभरमा विजय लक्ष्य प्राप्त गरेको थियो । यद्धपी विजय लक्ष्य पछ्याउने क्रममा सप्तरीले ६ विकेट गुमाएका थिए । उक्त खेलको प्लेयर अफ द म्याच सप्तरीका अभिषेक कार्की घोषित भए । उनलाई क्रिकेटका अन्तराष्ट्रिय खेलाडी दिपेन्द्र चौधरीले उक्त पुरस्कार प्रदान गरेका थिए ।

यस अघि प्रतियोगिताको एक समारोहबीच क्रिकेट संघ सप्तरीका उपाध्यक्ष निरज कुमार सिहले उदघाटन गरेका थिए । संघका सचिव चन्दन कुमार यादवका अनुसार प्रधानमन्त्री कप पुरुष छनौट क्रिकेट प्रतियोगिता बुधवार एकै दिन मधेश प्रदेशको बाराको कलैया र सप्तरीको राजविराजमा सूरु भएको छ ।

राजविराजमा सप्तरी, सिरहा, धनुषा र महोत्तरी तथा कलैयामा बारा, पर्सा, सर्लाही र रौतहटबीच प्रतिस्पर्धा हुने छ ।

यसैबीच मैदान भित्र प्रतियोगिता चलिरहदा बाहिर भने केही असन्तुष्ट खेलाडीहरुले विरोध प्रर्दशन गरेका छन । निषेधित क्रिकेट खेलाडी संघर्ष समितीको ब्यानर लिएर मैदान बाहिर भेला भएका उनीहरुले प्रदेश तथा जिल्लास्तरको खेलाडीलाई तलब भत्ताको व्यवस्था गरिनु पर्ने र क्रिकेटमा सिन्डीकेट प्रथाको अन्त हुनु पर्ने माग गर्द नाराबाजी गरेका थिए ।

यस्तै उनीहरुले प्रधानमन्त्री कपलाई क्यानका नेतृत्वकर्ताले प्राइभेट कम्पनी झै बनाएको भन्दै नेतृत्व विरुद्ध चर्काे नाराबाजी गरेका थिए । नाराबाजी गर्दै उनीहरु मैदान भित्र प्रवेश गर्न खोजेपछि सुरक्षाका लागी खटिएका सुरक्षाकर्मीहरुले उनीहरुलाई प्रवेशमा रोक लगाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ