रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित वडूगाउँ मोडमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले आज शोक विज्ञप्ती जारी गरी जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको र ४५ जना घाइते भएका खबरले आफ्नो पार्टी स्तब्ध भएको बताए ।

रास्वपाले उक्त दुःखद् घटनामा असामयिक मृत्युवरण गर्नेप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चीरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । त्यस्तै, दुर्घटनामा परी घाइते हुनुभएकाको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता