कपडा धुन बाल्टिनमा राखेको पानीमा डुबेर बालकको मृत्यु

सिन्धुली । कपडा धुन राखेको बाल्टिनको पानीमा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ । मरिण गाउँपालिका वडा नं. २ शिखर तिनघरका ९ महिनाका बालक सुक्के वाईवाको बाल्टिनमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

वाईवाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुबेदीले बताएका छन् । विहान ८ बजेतिर घरमै पानी भरेर राखेको बाल्टिनमा खेल्ने क्रममा वाईवा डुवेको र घाईत बालकलाई तत्काल उपचारका लागि लगिएकोमा साढे ११ बजेतिर बालकको मृत्यु भएको सुवेदीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 353 times, 1 visits today)

epaper

ताजा समाचार

पाँचौं काब्या म्युजिक अवार्डमा कलाकर्मी सम्मानित