महागढीमाईमा गुम्बजको स्थापना

बारा । भारतको उडिसा स्थित जगन्नाथ पुरीको मन्दिर झै विशाल मन्दिर बारामा निर्माण प्रक्रियामा रहेको छ । महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुर स्थित विशाल राधा कृष्ण मन्दिरको निर्माण सम्पन्न हुने भएको हो ।

भारतको उडिसा स्थित त्राही अच्युत आश्रम भुवनेश्वर बालाकटीका महन्थ ले हिन्दु परम्परा अनुसार वैदिक मन्त्र उच्चारण गरि गुम्बजको महागढीमाईका नगरप्रमुख उपेन्द्र यादवद्वारा जडान गरिएको छ । अबको केही महिनामा मन्दिर निर्माण सम्पन्न भए पश्चात विधिवत रुपमा भगवान राधा-कृष्णको प्रतिमा स्थापना गरिने नगरप्रमुख यादवले बताए ।

पर्यटनको हिसाबले विश्व प्रसिद्ध गढीमाई मन्दिरको छेउ मै भारतको उडिसा स्थित जगन्नाथ पुरीको मन्दिरको झझल्को दिने गरि निर्माण गर्न लागेको यादव बताउछन । हजारौ भक्तजनको सहभागितामा गुम्बजको स्थापना गरिएको हो । ६ कठ्ठा १० धुर क्षेत्रफलमा बनिरहेको मन्दिरको लागत करिब ४ करोड रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

मोरङमा एकै दिन श्रीमान–श्रीमतिको निधनले गाउँ शोकमा