इरान–इजरायल युद्ध मध्यपूर्वका अमेरिकी सैन्य केन्द्र निशानामा, १७ लाख नेपाली श्रमिक प्रभावित

काठमाडौं । अमेरिका र इजरायलले जारी राखेको आक्रमणमा परेर इरानका सर्वो च्च नेता अयातोल्लाह अली खामेनीसहित उनका परिवारका अधिकांश सदस्यको मृत्यु भएको छ । तेहरानको नेतृत्व परिसरमा आयोजना गरिएको बैठकमा खामेनी र उनका निकट सुरक्षा अधिकारी उपस्थित थिए । अपरेसन अमेरिकाले इजरायललाई जानकारी दिएर मिसाइल प्रहार गरेको जनाएको छ ।

इरानी न्यायपालिकाले पुष्टि गरेअनुसार खामेनी र उनका परिवारका सदस्यसँगै रिभोलुसनरी गार्डका प्रमुख जनरल मोहम्मद पाकपोर, शीर्ष सुरक्षा सल्लाहकार अली शामखानीलगायतको पनि मृत्यु भएको छ । योसँगै इरानमा आइतबारसम्ममा कम्तीमा २ सय जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १ सय ४८ जना त विद्यार्थी भएको दाबी गरिएको छ ।

इजरायलमा अहिलेसम्म २ जनाको मृत्यु भएको पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । खामेनीसहित उच्च सरकारी अधिकारी र बालबालिकाको ज्यान गएपछि इरानले थालेको जवाफी कारबाहीका कारण मध्यपूर्व क्षेत्र आइतबार पनि तनावग्रस्त हुन पुग्यो ।

इरानले मध्यपूर्वी देश साउदी, कतार, यूएई, बहराइनलगायतका देशमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण तीव्र पार्दा यो क्षेत्र अशान्त बनेको छ । इरानी जवाफी कारबाही नेपाली कामदार बाहुल्य क्षेत्रमा पर्दा ती क्षेत्रमा कार्यरत झन्डै १८ लाख नेपाली प्रभावित भएका छन् ।

तनाव बढ्दै जाँदा नेपालीले खाडीसहित मध्यपूर्वी क्षेत्रमा दिइँदै आएको श्रम स्वीकृति अस्थायी रूपमा बन्द गरेको छ भने ती देशमा भ्रमण नगर्न भनेको छ । खाडी क्षेत्रबाट फर्कने कामदारका कारण त्रिभुवन अन्तर्राष्ट्रिय बिनमानस्थलको चाप बढेको छ भने आप्रवासी श्रमिकहरूको सुरक्षालाई लिएर विश्वव्यापी चिन्ता सुरु भएका छन् । नेपालसहित अधिकांश देशले मध्यपूर्वी देशका उडान रद्द गरेका कारण नेपालसहित अधिकांश देशका खाडी र मध्यपूर्व जान विमानस्थल पुगेका मानिस अलपत्र परेको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् ।

डराआफी सर्वोच्च नेता चुनिए
इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको हत्या भएपछि अलिरेजा आराफीलाई नयाँ अन्तरिम सर्वोच्च नेताको जिम्मेवारी दिइएको छ । ६७ वर्षीय आराफी अली खामेनीका निकट सहयोगी हुन् । उनले लामो समयदेखि इरानको धार्मिक र राजनीतिक व्यवस्थामा महत्वपूर्ण भूमिका निभाएका उनी आराफी एसेम्बली अफ एक्सपर्टस्का उपाध्यक्ष र गार्जियन काउन्सिलका सदस्य भइसकेका व्यक्ति हुन् ।

स्थायी सर्वोच्च नेता भने एसेम्बली अफ एक्सपट्र्सले चयन गर्नेछ । खामेनीको मृत्युपछि इरानमा ४० दिनको शोक र ७ दिने बिदा घोषणा गरिएको छ । इरानको संविधानको धारा १११ अनुसार सर्वोच्च नेता चयन नभएसम्मका लागि अस्थायी परिषद्ले देशको जिम्मेवारी सम्हाल्नेछ ।

मध्यपूर्वी देशको श्रम स्वीकृति स्थगन
इजरायल र अमेरिकाको हमलापछि इरानले मध्यपूर्वी देशमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण जारी राखेपछि नेपालले ती देशमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगित गरेको छ । यो निर्णयसँगै साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेवनन, टर्की र इजरायल गरी १२ देशमा तत्काललाई श्रम स्वीकृति स्थगित गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्तिमार्फत व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि रोक लगाउन निर्देशन दिएको हो । सरकारले मध्यपूर्वी देशहरू साउदी अरेबिया, युएई, कतार, कुवेत, ओमान, इराक, यमन, जोर्डन, लेबनान, इराक, टर्की र इजरायलको श्रम स्वीकृति स्थगन गरेको हो । विषम परिस्थितिमा नेपाली कामदारको सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै यो कदम चालिएको मन्त्रालयले जनाएको छ ।

कुन देशले के भने ?
अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको सैन्य आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्यापछि मध्यपूर्व अनिश्चित मोडमा पुगेको छ । यो घटनालाई विश्व नेताले संयम र कूटनीतिक पहलमा जोड दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनीको मृत्यु पुष्टि गर्दै यसलाई ‘इरानी जनताका लागि आङ्खनो देश फिर्ता लिने सबैभन्दा ठूलो अवसर’ बताएका छन् ।

युरोपेली शक्तिहरूले प्रत्यक्ष समर्थन वा निन्दा नगरी वार्ताको बाटो रोज्न आग्रह गरेका छन् । बेलायतका प्रधानमन्त्री किर स्टर्मर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मनीका चान्सलर फ्रेडरिक मर्जले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका र इरानलाई तत्काल वार्तामा फर्किन आग्रह गरेका छन् ।

अरब लिगले इरानी आक्रमणलाई शान्ति र स्थिरताका लागि प्रयासरत देशहरूको सार्वभौमसत्तामाथिको स्पष्ट उल्लंघन भनेको छ । मोरक्को, जोर्डन, सिरिया र संयुक्त अरब इमिरेट्सलगायतका राष्ट्रहरूले क्षेत्रका अमेरिकी सैन्य अड्डामा लक्षित इरानी हमलाको निन्दा गरेका छन् । साउदी अरेबियाले इरानी कदमलाई कडा शब्दमा आलोचना गर्दै क्षेत्रीय स्थिरता जोगाउन संयमता आवश्यक रहेको जनाएको छ ।

अस्ट्रेलिया र क्यानडाले अमेरिकी कदमको समर्थन गरेका छन् । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले इरानलाई मध्यपूर्वमा अस्थिरता र आतंकको प्रमुख स्रोत भएको बताएका छन् । चीनले तत्काल सैन्य कारबाही रोक्न तथा संवादमा फर्किन आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयले इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान हुनुपर्ने धारणा सार्वजनिक गरेको छ । प्यालेस्टिनी प्राधिकरणले अरब राष्ट्रहरूविरुद्ध इरानी आक्रमणको निन्दा गरेको छ, तर अमेरिकी वा इजरायली कारबाही’bout टिप्पणी गरेको छैन ।

नर्वे का विदेशमन्त्री एस्पेन बार्थ इडेले अवस्था ‘नयाँ, व्यापक युद्ध’ तर्फ जान सक्ने चिन्ता व्यक्त गरेका छन् । नोबेल शान्ति पुरस्कार विजेता इन्टरनेसनल क्याम्पेन टु एबोलिस न्युक्लियर वेपन्सले पनि आक्रमणको निन्दा गर्दै यसले आणविक प्रसार र सम्भावित प्रयोगको जोखिम बढाउने चेतावनी दिएको छ । युरोपेली संघ (इयु) र अरब लिगले सबै पक्षलाई संयम अपनाउन र तनाव वा द्वन्द्व न्यूनीकरण गर्ने प्रक्रियातर्फ अग्रसर हुन आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 586 times, 1 visits today)

epaper

ताजा समाचार

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप