पोखरामा सुटकेशभित्र युवतीको शव

पोखरा । पोखराको ड्यामसाइडमा सुटकेशभित्र एक युवतीको शव फेला परेको छ । आइतबार बिहान करिब ८ बजेतिर स्थानीयले पोखरा–१७, ड्यामसाइड नजिकै नयाँ बनेको पक्की पुलमुनि शंकास्पद अवस्थामा सुटकेश देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले सुटकेस खोलेर हेर्दा एक युवतीको शव फेला पारेका हुन् ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले भने, ‘अन्दाजी २० देखि २५ वर्ष जस्तो देखिने युवतीको शव फेला परेको हो । उनको पहिचान खुलेको छैन । अनुसन्धान गरिररहेका छौं ।’

तन्नाले बेरिएको अवसथामा सुटकेशभित्र शव भेटिएको बताइएको छ । घाँटीमा अलिअलि काटेजस्तो पनि रहेको डिएसपी भट्टराईले बताए । शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा राखिएको छ ।

प्रहरी अनुसन्धानका क्रममा ती युवती ड्यामसाइड नजिकै चितेपानीमा एक महिनादेखि डेराकोठामा बस्दै आएको खुलेको छ । एक जना पुरुषसँग श्रीमान्श्रीमती बनेर जापानी भाषा सिक्ने भन्दै कोठाभाडामा बस्दै आएको खुलेको छ । उनका श्रीमान् हाल फरार छन् । उनको आधार कार्ड भारतको सिलगुडीमा देखिएको प्रहरीले जनायो ।

तपाइको प्रतिक्रिया
(Visited 384 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा