रौतहटमा प्रहरीमाथि हातपात

गौर । रौतहट जिल्लाको मौलापुर नगरपालिकामा शान्ति सुरक्षामा खटेको प्रहरीमाथि आक्रमण भएको छ । हिजो बेलुका भएको यस घटनालाई रौतहट प्रहरीले अझै गोप्य नै राखेको छ ।

मौलापुर नगरपालिका वडा नम्बर १, मर्यादपुरमा राहत वितरणमा अवरोध गर्दै आएका वडाध्यक्ष रामप्रवेश यादवले राहत वितरणमा सहयोग गरेको भनेर वड़ा सदस्यलाई कूटपिट गरेपछि सुरक्षाका लागि खटिएका इलाका प्रहरी कार्यालय मौलापुरका ४ जना प्रहरीमाथि कुटपिट गरी घाइते बनाइएको छ ।

नगरपालिकाले दोस्रो चरणको राहत बितरण गर्दै गर्दा वडाध्यक्ष रामप्रवेश यादवले अवरोध पुर्याएका थिए । वडाध्यक्ष यादवले निरन्तर अवरोध पुर्याउदा राहत वितरणमा ढिलाई भएको थियो ।

‘पहिलो चरणको राहत जसो तसो वितरण गरेको नगरपालिकाले दोस्रो चरणमा पनि अवरोध सृजना भएपछि प्रहरीको सहयोगमा राहत बाँडेको हो । तर त्यस काममा पनि बल प्रयोग गरेर वडाध्यक्षले आफ्ना कार्यकर्ता लगाएर प्रहरीमाथि हातपात गरे’ प्रत्यक्षदर्शीले भने, ‘आक्रमण गर्नेहरुले प्रहरीको पोशाक च्यातिदिए भने हतियारसमेत खोसेका थिए । पछि थप प्रहरी आएपछी मात्र उनीहरूले छोडेका हुन् ।’ यस्तो घटना भए पनि मौलापुर प्रहरीले यसलाई गोप्य रुपमै मिलाउँन खोज्दै घटना सार्वजनिक गरेको छैन् ।

तपाइको प्रतिक्रिया
(Visited 276 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ