महेन्द्रनगर । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा शोककै बीच क्रियापुत्री दाजुभाइले मतदान गरेका छन्। भीमदत्त नगरपालिका–८ तिलाचौरस्थित त्रिभुवन माध्यमिक विद्यालय मतदान केन्द्रमा क्रियापुत्री बलराम सार्की र कृष्ण सार्कीले मताधिकार प्रयोग गरेका हुन्।
केही दिनअघि उनीहरूकी आमा रामसरी सार्कीको निधन भएको थियो। काजकिरिया (क्रिया) मा रहेका दाजुभाइले परिवार शोकमा रहेका बेला पनि जनप्रतिनिधि छान्ने महत्वपूर्ण जिम्मेवारीबाट पछि नहट्ने भन्दै मतदान गरेको बताएका छन्।
निर्वाचन क्षेत्र नम्बर ३ मा कुल १ लाख ३ हजार ८७ मतदाता रहेका छन्। जसमध्ये ५० हजार ४८७ पुरुष र ५२ हजार ६ सय महिला मतदाता छन्। यस क्षेत्रमा ३० वडा समेटिएका छन् भने ३७ मतदान स्थलमा ११५ मतदान केन्द्र कायम गरिएको छ।
तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)






