सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ राजकुमार अर्याल पक्राउ

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पक्राउ परेका छन् ।

उनलाई सोमबार दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । 

अर्याललाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलाई छुट्याएको शेयरमा किर्ते गरेको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ । 

यसअघि नेपाल धितोपत्र बोर्डले अर्यालले कर्मचारीको शेयर बाँडफाँटमा किर्ते गरेर आफूलाई धेरै राखेको विषयमा प्रारम्भिक अध्ययन गरी सीआईबीमा अनुसन्धान प्रतिवेदन पठाएको थियो । सोही प्रतिवेदनमाथि थप अनुसन्धानका लागि अर्याललाई पक्राउ  गरिएको सीआईबी प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 270 times, 1 visits today)

epaper

ताजा समाचार

आज काठमाडौं उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना