सन् २०१९, डिसेम्बरको अन्तिम सातामा, चिनिया“ स्वास्थ्य अधिकारीले चीनको हुबेई प्रान्त, वुहान सहरमा निमोनियाको प्रकोप बढेको प्रतिवेदन पेस गरे, यसको कारक तŒव कोभिड–१९ नामक एक कोरोनाभाइरसको रूपमा पहिचान गरियो । यो भाइरस तीव्र रूपमा पैmलन सक्ने क्षमता भएको र मानवबाट मानवमा अत्यधिक संक्रमण पैmलन सक्ने खालको भनी पहिचान गरियो । लगभग दुई महिनापछि मार्च ११, २०२० मा विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोेभिड–१९ लाई विश्वव्यापी रूपमा सार्वजनिक स्वास्थ्य आपतकाल घोषण गरेलगतै विश्वव्यापी रूपमा सम्पूर्ण राष्ट्रलाई नागरिककोे जीवन बचाउनका लागि आवश्यक कदम उठाउन अनुरोध ग-यो ।
आज कोभिड–१९ अदृश्य चुनौतीका रूपमा दोस्रो विश्वयुद्धपछि विश्वलाई सबैभन्दा कठिन अवस्थामा पु¥याएको छ । प्रारम्भिक अनुमानअनुसार ग्रीष्म ऋतुको आगमनसँगै बढ्दो तापक्रम तथा आद्रताका कारणले कोभिड संक्रमण घट्ने पूर्वानुमान गलत साबित भएको छ । आजको दिनमा मरुभूमीयदेखि न्यूनतम तापक्रम भएका देशहरू गरी संसारका २१२ भन्दा बढी देशमा पैmलिसकेको अवस्थामा संक्रमण नियन्त्रण गर्न लकडाउन अपरिहार्य भएको छ । यसरी नै विश्वव्यापी लकडाउनले अर्थतन्त्र खुम्चिएर विश्वका सम्पूर्ण देशहरूले निकै कठिन परिस्थितिको सामना गर्नुपरेको अवस्थामा बढ्दो सामाजिक र आर्थिक प्रभावलाई न्यूनीकरण गर्न सबै देशले संयुक्त राष्ट्र संघ, विश्व बैंक, आईएमएफ र एडीबीका योजना र प्रयासबाहेक पनि अविकसित देशहरूले आफ्नो अर्थतन्त्र र नागरिकको स्वास्थ्य सुरक्षा गर्नका लागि विभिन्न दातृ निकायहरूस“ग सहयोग लिई आन्तरिक योजना र उपाय खोज्नु आवश्यक छ ।
औषधिमा आत्मनिर्भर हुने प्रेरणासहित सबैसग हातेमालो गर्दै वर्तमान संकट समाधान गर्न सकिन्छ
आज कोभिड–१९ को संक्रमणलाई नियन्त्रण गर्नका लागि विभिन्न देशका बीचमा दीर्घकालीन खोप तथा औषधिको आविष्कार गर्ने होडबाजी चलिरहेको छ । यद्यपि, यो जटिल कार्य हो, जसले लामो समय लाग्ने अनुमान गरिएको छ । आरएनए इन्टरफेरेन्स प्रविधिबाट खोपको विकास चाँडै हुने आशा गरिए तापनि आजको दिनमा संक्रमणलाई रोकथाम गर्नका लागि केही औषधिजस्तै रेट्रोभाइरल औषधि, रूमेटोइड अर्थराइटिसको औषधि, एन्टिमलेरियल औषधि, र एन्टिबायोटिक औषधिहरू प्रभावकारी पाइएको भए तापनि केही बहुराष्ट्रिय संस्थाहरूले कोरोना खोपको प्ररम्भिक विकास गरी हाल मानव तथा पशुमा परीक्षण गरिरहेका छन् ।
औषधि आपूर्ति व्यवस्था : विश्व बजारमा सबैभन्दा बढी औषधि फिनिक फर्मुलेसन– जेनेरिक मेडिसिन र आपूर्ति चीनबाट हुने भएकाले विश्व औषधि आपूर्तिमा चीनको ठूलो प्रभाव रहेको छ । साथै विश्वमा कच्चा पदार्थहरू उत्पादन गर्ने उद्योगहरूले आफ्नो कच्चा पदार्थ र अन्य रसायनहरूका लागि करिब ८०–८५ प्रतिशत चीनको आपूर्तिसँग निर्भर छ । विगत चार महिनादेखि कोरोनाले चीन आफैं संकटपूर्ण अवस्थामा गुज्रिरहेकाले औषधिको आपूर्तिमा समस्या आउन सक्ने अनुमान गर्न सकिन्छ । भारतका औषधि उद्योगहरूलाई चाहिने करिब ८० प्रतिशत सहायक कच्चा पदार्थ चीनबाट नै आयात गर्दछन् । भारत सरकारले औषधिको उपलब्धता नियमित रूपमा सहज गर्न र अन्य उपयुक्त उपायको सुझाव दिन फार्मास्युटिकल्स विभागमा एउटा विशेष समिति गठन गरेको छ । केही वर्षअघि भारतले चीनप्रतिको परनिर्भरता घटाउनको लागि आन्तरिक रूपमा उत्पादन बढाउन ठोस प्रयास गरेकोछ । उक्त कार्यका लागि भारत सरकारले गुजरातमा एउटा विशेष क्षेत्र स्थापना गरी औषधि उद्योगलाई चाहिने सम्पूर्ण आधारभूत कच्चा पदार्थ र रसायन उत्पादन गरी केही वर्षमा चीनबाट आफ्नो परनिर्भरता कम गर्दै औषधि उत्पादनमा आत्मनिर्भरताको लक्ष्य राखेको छ ।
औषधि आपूर्तीको सम्भावित चुनौती : भविष्यमा आइपर्नेे अभावको जोखिमलाई मध्यनजर गर्दै औषधिको कमी नहोस् भन्ने हेतुका कारण विभिन्न देशहरूले फार्मास्युटिकल एपीआई र केमिकल्सजस्ता प्रमुख सामग्रीको निर्यातमा प्रतिबन्ध लगाउने सम्भावना देखिएको छ । आगामी दिनमा हुन सक्ने अभावको सम्भावनालाई संकेत गर्दै भारत सरकारले ३ मार्च २०२० मा २६ प्रकारका औषधि र कच्चा पदार्थका एपीआई निर्यातमा प्रतिबन्ध घोषणा गरेको थियो । कोभिड–१९ संक्रमणको कारणले प्यारासिटामोल र हाइड्रोक्सी क्लोरोक्वाइनजस्ता अत्यावश्यक कच्चा पदार्थहरू अहिले पनि निर्यातमा प्रतिबन्धित नै छन् । प्रत्येक देशले आफ्ना नागरिकको स्वास्थ्य पहिलो प्रथमिकता राखी आवश्यकता पूरा गर्न पर्याप्त मौजदात कायम गर्न प्रयास गर्नु स्वाभाविकै हो । हाम्रो देशमा ५५ प्रतिशत औषधि परनिर्भर रहेको अवस्थामा यदि निर्यातित देशले केही कडाइ गरेमा औषधिको सहज उपलब्धतामा समस्या हुन सक्ने सम्भवाना रहेको छ ।
राष्ट्रिय स्थिरताका लागि आत्मनिर्भरता : कोभिड–१९ को संकटले विश्वका हरेक राष्ट्रलाई आत्मनिर्भरताको पाठ राम्रोस“ग सिकाएको छ । विश्वमा महामारी पैmलिँदा देशको अर्थतन्त्रलाई जोगाउन आत्मनिर्भरता नै एक मात्र उपाय हो । आजको विश्वमा हरेक राष्ट्रले केही वस्तुमा निश्चित रूपमा आत्मनिर्भर बन्न सक्ने सम्भावनाको पहिचान गरी यसलाई प्राप्त गर्न रणनितिक कार्यक्रम अगाडि बढाउनुपर्दछ । हाल कोरोना महामारीको स्थिति र प्रायः सबै देश लकडाउनको स्थितिमा भएको हु“दा विश्वव्यापी आपूर्ति शृंखला व्यापक रूपमा प्रभावित भएको छ । यसले अन्य वस्तुहरूका साथै स्वास्थ्य तथा फर्मा सामग्रीको अभाव देखापरेको हु“दा र मूल्य पनि अत्यधिक बढिसकेको अवस्था छ । यो असाधारण र प्रतिकूल अवस्था लगभग सबै देशले सामना गरिरहेका छन् ।
नेपाली औषधि उद्योगको सम्भावना : नेपाल औषधिमा आत्मनिर्भर हुन सक्ने सम्भावना राखेको क्षेत्र हो । हालको अवस्थामा ६० भन्दा बढी औषधि उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् र २० नया“ उद्योग आगामी १ वर्षमा खुल्नेक्रममा छन् । यी औषधि उद्योगले हाल ४० देखि ५० प्रतिशत क्षमतामा उत्पादन गरिराखेको हु“दा र पूर्ण रूपमा उत्पादन गर्न सकेमा राष्ट्रिय आवश्यकता पूरा गर्न पर्याप्त क्षमताको सुनिश्चितता गर्दछ । साथै, हाल करिब १२ हजार प्रत्यक्ष रोजगारी दिइरहको यस क्षेत्रले यदि पूर्णरुपमा सञ्चालन भएमा प्रत्यक्ष रूपमा झन्डै थप १५ देखि २० हजार रोजगारी प्रदान गर्न सक्ने सम्भावना देखिन्छ ।
२५ देखि ३० अर्ब रुपैयाँ लगानी भइसकेको यस क्षेत्रले ठूलो व्यापार घाटा घटाउन सक्ने सम्भावना बेकेको छ । हाल नेपालले ठूलो व्यापारमा घाटा बेहोरिरहेको अवस्थामा स्थानीय रूपमा उत्पादन हुने औषधिलाई प्रोत्साहन गर्न विदेशी औषधिको आयात बन्द गरे करिब २० अर्ब व्यापार घाटा घटाउन सक्ने र स्वदेशी उद्योगलाई प्रोत्साहन हुनुको साथै करिब १५ देखि २० हजार थप रोजगारी थप सिर्जना हुने सम्भावना देखिएको छ । नेपाली औषधि उद्योगहरूले एन्टिक्यान्सर, एन्टिभाइरसबाहेक सबै प्रकारका औषधि उत्पादन गर्ने क्षमता र प्रविधि हासिल गरिसकेको हँुदा यदि सरकारले पर्याप्त संरक्षण र संवद्र्धन गर्नेहो भने आउ“दो दुई वर्षमा नै औषधि उत्पादनमा ८० देखि ९० प्रतिशत आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । आत्मनिर्भरता प्रत्येक नागरिकको प्राथमिकता हो र यसलाई प्राप्त गर्न सरकार पूर्ण प्रतिबद्ध हुनु जरुरी छ । नेपाल सरकार र औषधि उद्योगमा लगानी कर्ता एकजुट भई स्वदेशी उद्योगलाई प्रत्साहित गर्ने नीति अंगीकार गरी अगाडि बड्न सके देशको स्वदेशी उद्योगलाई आत्मनिर्भरतामा पु-याउन सक्षम रहन्छौं ।
अन्त्यमाः स्वदेशमा नै वृहत् रूपमा औषधि उत्पादन गरी राष्ट्रलाई आगामी दुई वर्षभित्र आत्मनिर्भर बनाउन राष्ट्र प्रेमको भावना र सरकोरवाला सबैको इच्छाशक्तिको आवश्यकता पर्दछ । वर्तमानमा जस्तै आपतकाल अवस्था आइपरेमा देशको स्वास्थ्य क्षेत्रलाई दरिलो साथ दिन सक्ने र औषधिमा आत्मनिर्भर हुने प्रेरणा प्रदान गरी सबैस“ग हातेमालो गर्दै वर्तमान संकटबाट ठूलो पाठ सिक्न यस कोरोनाले मार्ग दर्शन गरेको छ ।
(लेखक नेपाल औषधि उत्पादक संघ (एपोन)का अध्यक्ष हुन् ।)






