पुनरागमन जितले क्वाटरमा पथरी-११

इलाम । खेलको अतिरिक्त समयमा सुर्य राउतको गोलले पथरी ११ मोरङ क्वाटर फाइनलमा पुगेको छ । खेलको तेस्रो मिनेटमै रेडहर्षका सन्देश खड्काले गोल गर्दै टीमलाईलाई अग्रता दिलाए । डिबक्सभित्र पुगेको बललाई उनले सहज रूपमा जाली चुमाएका थिए । तेस्रो मिनटमा अग्रता कायम गरेको रेडहर्ष फुटबल क्लबले अतिरिक्त पाँच मिनेट थेग्न नसक्दा पराजित बन्योे । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा पथरी ११ का आशिष लावती, सविन मगर, युकेश तामाङ र पदम भट्टराईले गोल गरे भने राम वाजी गोल गर्न चुके । आयोजक रेडहर्षका सन्देश खड्काको प्रहार बाहिरियो, किरण सुनुवारको प्रहार किपरले बचाउ गरे । विवेक सोनाम र रोमन जोगीले गोल गरे ।

खेलको छैटौँ मिनेटमा रेडहर्षले राम्रो आक्रमण बुने पनि फिनिसिङ गर्न सकेन । ३२औँ मिनेटमा विनोद धमलाले पाएको सुनौलो अवसर सदुपयोग गर्न सकेनन् भने ४०औँ मिनेटमा उनको प्रहार पथरीका गोलकिपर समीर क्षेत्रीले सहजै नियन्त्रणमा लिए । ५५औँ मिनेटमा सन्देश खड्का अर्को प्रहार चुक्यो ।

खेलको सुरु १९ औँ मिनेटमा कर्नरबाट आएको बलमा आशिष लावतीले हेडमार्फत दिशा दिन सकेनन् । २१औँ मिनेटमा रेडहर्षका विवेकले फल्ड गरेपछि मनोज राईको फ्रिकिक प्रहार आकाशियो । २५औँ मिनेटमा सचिन मगरको पुन फ्रिकिक प्रहार गोलमा परिणत हुन सकेन भने ३३ औँ मिनेटमा सविन मगरको हेडले जाली चुमेन । मध्यान्तरपछि दबाबमा देखिएको पथरी ११ ले लगातार आक्रमण सिर्जना ग-यो ।

खेलकोे ५०औँ मिनेटमा सविन मगरको उत्कृष्ट पासमा मनोज राईले बराबरी गोल गर्ने अवसरमा चुके । ७५औँ मिनेटमा सञ्जय लिम्बूले क्लोज रेन्जबाट गरेको प्रयास सफल हुन सकेन भने ७६औँ मिनेटमा आशिष लावतीको सशक्त प्रहार बारटच हुँदै बाहिरियो । ८०औँ मिनेटमा डिबक्स नजिकबाट पाएको अवसर पथरीले गुमायो । खेलको ‘म्यान अफ द म्याच’ पथरी ११ का आशिष लावती घोषित भए । आज फिदिम स्पोर्टिङ पाँचथर र रोलिङ एफसी झापा बिच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । चित्लाङ फुटबल क्लब काठमाडौं, पथरी ११ मोरङ, रोलिङ एफसी झापा, फिदिम स्पोर्टिङ पाँचथर, सलेस फुटबल क्लब सर्लाही, मछिन्द्र फुटबल क्लब, एन पेनाङ मलेसिया र आयोजक रेडहर्ष फुटबल क्लब इलाम रहेका छन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

दाम उठ्यो, हिसाब छुट्यो—३८ लाख कसरी फुट्यो?